आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण

कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण


  • Dhorpatan News
  • चैत्र २ २०७६, आइतबार

बागलुङ, २ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनले कालीगण्डकी दोहनको बिषयमा ध्यानाकर्षण भएको भन्दै तत्काल दोहन रोक्न आग्रह गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल बागलुङ र अनेरास्ववियू बागलुङले प्राकृतिक सम्पदालाई दोहन गरेर राज्यको सम्पतिमा लुट मच्चाउने काम भएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

‘भोलीका पुस्ताको भविष्यमाथि संकट सिर्जना गर्नेगरि भएको कालीगण्डकीको दोहनप्रति घोर विरोध गर्दछ । र, यस खालको गैरजिम्मेवार, अनैतिक, अनियन्त्रित दोहनलाई रोकी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’ बिज्ञप्तीमा भनिएको छ ‘अन्यथा हामीहरु चुप लागेर बस्न नसक्ने जानकारी यसै विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौ ।’

दोहनको बिषयमा संसद भवनमा कुरा उठाउँदा सांसदलाई समेत धम्की दिने र सामाजिक सञ्जालमा उठेका सवालमा नेकपा नेता कृष्ण पाठकलाई धम्की दिने कार्यको समेत बिज्ञप्तीमा भत्र्सना गरिएको छ । युवासंघ नेपाल बागलुङका संयोजक रेशम घर्ति र अनेरास्ववियुका सह–संयोजक शेखर खड्काद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गलाई असर पार्ने र प्राकृतिक सम्पदाको मनपरि दोहन गरि प्राकृतिक संरचनामा खलबल बनाई प्रकोप तथा विपत्तिको संकट निम्ताउने गरि कालीगण्डकी नदीको दोहन भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->