आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल

जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७६, बिहिबार

बागलुङ, ६ चैत– अनावश्यक भीडभाडका कारण अस्पतालनै आपतकालिन अवस्थाको कारण बन्न सक्ने भन्दै धौलागिरी अञ्चल अस्पातल बागलुङले सावधानी अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र अञ्चल अस्पताल विकास समिति बागलुङ तथा चिकित्सकहरुको बैठक बसेर अनावश्यक भीड नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

नेपाल सरकारले २५ जना भन्दा धेरै समुहमा भीड नगर्न आग्रह गरेसँगै अस्पतालमा सजगता अपनाउन थालिएको हो । विश्वव्यापी महामरीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न अस्पतालले पनि सजगता अपनाउन थालेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

अस्पतालमा चेक जाँचका लागि आउने बिरामीलाई समेत अत्यावश्यक बाहेक भीड हुनेगरी अस्पताल परिसरमा नबस्न आग्रह गरिएको अस्पताल बिकास समितिका अध्यक्ष केबि राना मगरले बताए । बिरामीको संख्या कम हुने गाउँका स्वास्थ्य संस्थाहरुबाट भरपुर सेवा लिन पनि आग्रह गरिएको छ । जुनसुकै बेला महामारीले आक्रमण गर्न सक्ने भएकाले सर्वसाधारण आँफैलाई पनि सजग गराउने काममा लागिएको अध्यक्ष रानामगरले बताए ।

पछिल्लो समय धौलागिरी अञ्चल अस्पतालमा ३ सय देखि ३ सय ५० जना सम्म बिरामीले दैनिक उपचार सेवा दिँदै आएका छन् । ‘सुगर प्रेसर जाँचका लागि मात्रै पनि धेरै बिरामी आउने गर्नुभएको छ’ निमित्त मेडिकल सुपरिटेण्डेण्ड शैलेन्द्र बि. पोखरेलले भने ‘नजिकैको स्वास्थ्य संस्थामा हुन सक्ने उपचारका लागि पनि अस्पतालमै आउने बिरामीलाई बिचार गर्न आग्रह गरेका छौं ।’ दिर्घरोगिहरुले हाल प्रयोग गरिरहेको औषधि घरमै बसेर पनि प्रयोग गर्न सक्ने भएकाले अस्पताल जानुको साटो चिकित्सकको सल्लाह अनुसार घरमै बसेर औषधि सेवन गर्दा धेरै भीड कम हुने उनको तर्क छ ।

‘घरायासी उपचारले हुने समान्य दुखाई, दाँत उखेल्ने, मुसा कोठी हटाउने जस्ता समस्या अघि पछि पनि समाधान गर्न सकिन्छ’ अस्पतालका डाक्टर प्रदिप श्रेष्ठले भने ‘होल बडी चेकअप, बच्चाले खान मन नगर्ने, दुव्लाउँदै जाने जस्ता समस्याको पनि उपचार गर्ने यो उपयुक्त समय होईन ।’ अस्पतालले भीडभाडको कम गर्न आवश्यक तयारी गरेर फराकीलो ठाउँमा बिरामी राखेर पालो प्रणालीमा उपचार गर्ने व्यवस्था मिलाउने तयारी समेत थालेको छ । अत्याधिक बिरामीको चाप हुने सामान्य उपचार कक्षमा चिकित्सकहरुलाई बिभाजन गरेर फराकीलो ठाउँ बनाउने तयारी पनि अस्पतालले गरेको अध्यक्ष रानाले बताए ।

चिकित्सकका लागि आवश्यक सुरक्षा सामाग्रीको तयारीका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई बैठकले आग्रह गरेको छ । माक्स, सेनिटाईजर लगायतका सामग्रीको प्रत्याभुति गर्न तयारी थालिएको अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->