आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गैँची प्रहार गरी श्रीमतीको हत्या

गैँची प्रहार गरी श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७६, बिहिबार

बागलुङ, ६ चैत्र–जिल्लाको ढोरपाटन नगरपालिका–७ गोलुङका एक बृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार राती धारिलो हतियार प्रहार गरी ५० बर्षिया श्रीमती गौरा बिकको हत्या गरेको आरोपमा ६२ बर्षिय देवीराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राती पौने दश बजेको समयमा देवीरामले फलामको गैँचीले टाउकोमा प्रहार गर्दा गौराको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ । श्रीमतीलाई हतियार प्रहार गरि हत्या गरेको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरी चौकी ढोरपाटनको टोलीले बिहीबार बिहान मात्रै देवीरामलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । नियन्त्रणमा लिईएका देवीरामले सामान्य घरायाशी विवादकै क्रममा श्रीमतीलाई गैंची प्रहार गरेको प्रारम्भिक बयानमा भनेका छन् ।
उनले अत्याधिक मादक पदार्थ सेवन गरी श्रीमतीमाथि गैची प्रहार गरेको स्वीकार गरेको जिप्रका बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मृतक गौराको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोष्टमार्टम गरि बुहारी कल्पना विकलाई बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->