मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कोरोना रोकथामका लागि प्रकाश सपुतको २ लाख

कोरोना रोकथामका लागि प्रकाश सपुतको २ लाख


  • Dhorpatan News
  • चैत्र १० २०७६, सोमबार

बागलुङ, १० चैत – सरकारले घोषणा गरेको ‘कोरोना कोष’मा बागलुङका कलाकार प्रकाश सपुतले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको घोषणा गर्दै सपुतले उक्त रकमको चेक पत्रकार महासंघ बागलुङमार्फत कोषमा पठाएका हुन् । कलाकार सपुतले कोरोना भाइरसको कारण सिर्जित विषम परिस्थितिको भन्दै उक्त रकम सहयोग गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गरेर उनले कोरोना सतर्कताको लागि सरकारले गरिरहेका कामप्रति खुसी हुँदै दुई लाख सहयोग गरेको उनको फेसबुक एकाउण्टमा लेखेका छन् । आफ्नो परिबारको लागि ६ महिनाको खर्च कटाएर बचेको रकम सहयोग गर्न लागेको उनले उल्लेख गरेका छन् । ‘भए खाने, नभए मर्ने अवस्था आएपनि मेरो परिवारको लागि छ महिनाको खर्च जोहो गरेर बचेको रकम म सहयोग गर्न चाहन्छु ।’ सपुतले भने ‘यो रकम कस्को नाममा दिने भन्ने निधो भएन, मैले चेक काटेर नेपाल पत्रकार महासंघ बागलुङ शाखामा पठाएको छु ।’
उक्त रकम सरकारकै मातहतमा कोरोना सतर्कता र सुरक्षाको लागि जहाँ खर्च गरे पनि हुने उनले बताएका छन् । प्रकाशले सरकारसम्म पु¥याइदिन भन्दै जिल्ला शाखा अध्यक्ष दिल शिरिषको हातमा दुई लाखको चेक थमाएको अध्यक्ष शिरिषले बताए । सपुतले कोरोनाको प्रभावका कारण समस्यामा परेका मजदुरदेखि राष्ट्रसेवकसम्म जो कोहीलाई उक्त रकमले सहयोग गरेपनि आँफु खुसी रहने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->