आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुक्तिनाथ अस्पताल बन्द

मुक्तिनाथ अस्पताल बन्द

नगरप्रमुख पौडेल भन्छन, ‘यो गैरजिम्मेवार काम हो’


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७६, मंगलबार

बागलुङ, ११ चैत–कोरोना संक्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको छ । कोरोना भाइरस परीक्षण लगायतका सामाग्री नभएकोले अस्पताल बन्द गरिएको सूचनामा उल्लेख छ ।
‘हामीले ४ दिनअघिदेखि सामाग्री मगाएका थियौं, प्राप्त भएको छैन’ अस्पतालका अध्यक्ष सन्तोष रावलले भने, ‘सामाग्री आएमा तत्काल खुलाउन पनि सक्छौं ।’ सरकारी अस्पतालमा सामाग्री र बीमाको कार्यक्रम हुने तर प्राइभेटमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले पनि काम गर्न नमानेको बताए ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको बताए । उनले निजी अस्पतालको दर्ता र कारवाहीको प्रकृया स्थानीय तहमा गएकोले खोल्न सुझाव मात्र दिएको बताए । ‘यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भएपनि राम्रो हुन्थ्यो, उनले भने ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीबिना गेटमा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताए । उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रकृया अगाडि बढाउने बताए ।
अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता बिरुद्धको भएको भन्दै जिल्लाभर नै विरोध भएको छ । सर्वसाधारणले समेत अस्पताल बन्द गरेकोमा विरोध जनाएका छन् ।
अस्पतालले गेटमा सूचना टाँसेझै सामाग्री नभएको कुरा समन्वय गर्नुपर्नेमा बन्द गर्न नहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘कोरोना भाइरस बिरुद्धको सामाग्री नभएपनि अन्य सेवा दिन सकिन्छ’ उनले भने, ‘आइसोलेसन वार्ड बनाउनेकी, क्वारेन्टाइन बनाउने वा अन्य उपचार सेवामा काम गर्ने भन्ने छलफल बिना यो काम भएको हो ।’ कानूनले स्थानीय तहलाई सबै अधिकार दिएपनि सरोवार संस्थाको नाताले बन्द नगर्न सुझाव दिएको उनले बताए ।
संकटकाल र देशमा अन्य समस्या आएको बेला तथा बन्द र हडताल भएपनि अस्पताल तथा अत्यावस्यक सेवा बन्द गर्न नहुने प्रावधान छ । आन्दोलनकारीले पनि अस्पतालमा सेवा प्रवाहमा असर गर्ने गरी केही गर्दैनन् । त्यसैले अस्पताललाई बिद्रोही पक्ष भएका स्थानमा समेत संरक्षण गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->