आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुक्तिनाथ हस्पिटललाई सोध्यो नगरपालिकाले स्पष्टिकरण

मुक्तिनाथ हस्पिटललाई सोध्यो नगरपालिकाले स्पष्टिकरण


  • Dhorpatan News
  • चैत्र १२ २०७६, बुधबार

बागलुङ, १२ चैत – कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला अचानक बन्द गरिएको अस्पताललाई बागलुङ नगरपालिकाले स्पष्टिकरण सोधेको छ । २४ सै घण्टा स्वास्थ्य सेवा दिने भन्दै सञ्चालनमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर मंगलबार दिउँसो सुचना टाँस गरेर दुई तीन दिनका लागि भन्दै बन्द गरिएको थियो ।
कोरोनाका कारण देश पुरै लकडाउन भएको र स्वास्थ्य क्षेत्रलाई अत्यावश्यकीय रहेको र त्यस्तो क्षेत्र बन्द गर्न नगर्न गरेको आग्रह विपरित अस्पताल नै बन्द गरेकाले कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी दिए ।
‘अस्पताल जस्तो संवेदनशिल क्षेत्र यस्तो संकटको घडीमा सूचना टाँस गरेर बन्द गर्नु गैर जिम्मेवारीपूर्ण कार्य भएकाले स्पष्टिकरण सोधिएको नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । राष्ट्रलाई पर्न सक्ने यस संकटपूर्ण घडीमा के कति कारणले अस्पताल बन्द गरिएको हो ?’ मेयर पौडेलले भने, ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट बिवरण उल्लेख गरि पेश गर्न भनेका छौ ।’ यस बेलामा सबैले जिम्मेवारीपूर्ण भुमिका निर्वाह गर्नुपर्ने मेयर पौडेलको भनाई छ ।
मुक्तिनाथ अस्पतालले कोरोनाको जोखिम बढ्दै गएको परिवेशमा स्वास्थ्य सामग्री नभएको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असुरक्षित भएको बताएपछि केहि दिनका लागि अस्पताल बन्द गर्नुपरेको सुचना टाँस गरेर जानकारी गराएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तिव्र आलोचना भएपछि बन्द गरिएको चार घण्टापछि अस्पताल खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->