आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ नगरमै आए १३३ जना, हेल्थ अपरेशन सेन्टर तयार

बागलुङ नगरमै आए १३३ जना, हेल्थ अपरेशन सेन्टर तयार

बागलुङ नगरपालिका युवाहरुले शुक्रवार धौलागिरी अञ्चल अस्पताललाई १३ सेट सुरक्षा सामाग्री दिएका छन ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७६, शुक्रबार

बागलुङ, १४ चैत – जिल्लाका सबै स्थानीय तहले बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा बैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्यांक संकलनका क्रममा शुक्रबार बागलुङमा बिदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक भएको छ ।
बागलुङ नगरपालिकामा खाडी मुलुक तथा युरोप र एसिया तथा अन्य देशहरुबाट आएकाहरुको संख्या सार्वजनिक भयो । सेल्फ क्वारेनटाईनमा बसेर कोभिड–१९ कोरोना भाईरसको संक्रमणको सम्भावना कम गर्न भन्दै बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले तथ्यांक संकलनको अभियान थालेको थियो । बागलुङ नगरपालिकामा मात्रै एक सातायता बिदेशबाट भित्रीएकाहरुको संख्या १ सय ३३ रहेकोे छ । स्वास्थ्य कार्यालय बागलुङले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार नगरमा सबैभन्दा धेरै १५ जना बानपा–१४ अमलाचौरका छन् । सबैभन्दा कम वडा नं. १ मा एक जना मात्रै कतारबाट आएका युवा रहेको तथ्यांक स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।
कोरोना भाईरस कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि शुक्रबार जिल्लामा बिभिन्न कृयाकलापहरु भएका छन् । जिल्लाको जैमिनी नगरपालिकामा पहिलो पटक शान्ति माविमा क्वारेण्टाईन निर्माण भएको छ भने चौधरी ग्रुपको सहयोगमा १० थान पीपीई बागलुङ आएका छन् । त्यस्तै, मालढुंगा, खर्वाङ, भल्कोट र बुर्तिबाङमा रहेका हेल्थ डस्कहरुमा २०८ जनाको परीक्षण भएको छ । उनीहरुमा कुनैपनि सिमट्रम देखा नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपद व्यबस्थापन समितिका अध्यक्ष गौलोचन सैजूको संयोजकत्वमा बसेको बैठकले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण, उपचार सम्बन्धमा स्वास्थ्य कार्यालय बागलुङका महामारी कार्यक्रम फोकल पर्सन याम बरालको संयोजकत्वमा जोइन्ट हेल्थ अपरेशन सेन्टर (JHOC) गठन गरिएको छ । जिल्लका सबै स्थानीय तहका स्वास्थ्य संयोजक सदस्य रहनेगरी जोइन्ट हेल्थ अपरेशन सेन्टर गठन गरिएको गुरौले वताए ।
यसैविच, बागलुङ नगरपालिका युवाहरुले शुक्रवार धौलागिरी अञ्चल अस्पताललाई १३ सेट सुरक्षा सामाग्री दिएका छन । बानपा-६ का नारायण आचार्यले १० सेट र बानपा-७ का शिव शर्मा गैरेले ३ सेट रेन कोट (Rain Coat) दिएका हुन् । उनीहरुले यी सामाग्री अञ्चल अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरलाई हस्तान्तरण गरे । यी सामाग्री स्वास्थ्यकर्मीले चेकजाँज गर्ने समयमा प्रयोग हुने अस्पताल ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->