आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमितको गाउँमा बागलुङ नगरले कीटनाशक औषधि छर्कियो

संक्रमितको गाउँमा बागलुङ नगरले कीटनाशक औषधि छर्कियो


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७६, आइतबार

बागलुङ, १६ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकि एक युवतीको गाउँमा नगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । आईतवार बिहान बागलुङ नगरपालिका–४ कुँडुलेस्थित छापा गाउँमा दमकलको प्रयोग गरि नगरपालिकाको कोरोना भाइरस रोकथाम नियन्त्रण टीमका फोकल पर्सन दिनेश जिसीको नेतृत्वमा गएको टोलीले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको हो ।
कोरोना भाईरसको पुष्टि भएकी युवतीको गाउँमा सम्भावित जोखिमलाई मध्ये नजर गर्दै कीटनाशक औषधि छर्किएको नगर प्रमुख जनकराज पौडेलले बताए । जनस्वास्थ्य शाखाको प्राबिधिक समुहको सिफारीसमा गाउँभरीनै कीटनाशक औषधि छर्किएको हो । कोरोना पुष्टि हुनुपूर्व होम क्वारेनटानमा रहेकी युवति पुगेका गाउँका सबै स्थानमा औषधि छर्किएको पौडेलले बताए ।


जनस्वास्थ्य शाखाका अनुसार किटनाशक क्लोरिन झोल छर्किएको छ । साडे तीन किलो क्लोरिनलाई पानीमा मिश्रण गरेर ३ हजार ५ सय लिटर झोल गाउँमा छर्किएको जनस्वास्थ्य शाखाका सह संयोजक डिल्लि आचार्यले बताए । ‘सरसफाईमा ध्यान दिन गाउँलेलाई प्रेरणा मिलोस भनेर हामिले औषधि छर्किएका हौं’ उनले भने ‘यसले बाहिर रहेका किटाणुहरु मार्छ ।’ युवतीमा कोरोना संक्रमणको पुष्टि भएपनि थप सर्वसाधारणमा संक्रमण फैलिन नदिनको लागि औषधि छर्किएको उनले बताए । नगरपालिकाले संक्रण पुष्टि भएकी युवतीको गाउँलाई थप निगरानीमा राखेको छ । गाउँका धेरै मान्छे भीडभाड हुने चोकहरु, सार्वजनिक स्थलहरु, घर छेउका धारा पँधेरा तथा व्यक्तिका घरका झ्याल ढोकामा समेत औषधि छर्किएको नगरपालिकाले जनाएको छ । गतशुक्रबार देखि बागलुङ बजारका मुख्य चोकहरुमा समेत कीटनाशक औषधि छर्किएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->