आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

सुरक्षा सामग्रीसहित दुई विशेषज्ञ डाक्टर बागलुङ आउँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७६, आइतबार

बागलुङ, १६ चैत– बागलुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । शनिबार बेल्जीयमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा एउटै जहाजमा आएकाहरुको स्वाब परीक्षणका लागि तयारी थालिएको हो ।
स्वास्थ्य मन्त्रालयले काठमाण्डौबाट आवश्यक सुरक्षा सामग्रीसहित सम्भावित चेकजाँचका लागि दुई जना बिषेशज्ञलाई बागलुङ पठाएको छ । एक सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), सेनिटाईजर र माक्ससहित विशेषज्ञहरु बागलुङका लागि हिँडेका हुन् । डा.झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहानसम्म बागलुङ आईपुग्ने मन्त्रालय स्रोतले जनाएको छ । ‘उहाँहरु बागलुङ पुगेपछि त्यहाँका चिकित्सकहरुसँग छलफल गरेर आवश्यक सबैको परीक्षणका लागि नमुना संकलनको काम हुनेछ ’ मन्त्रालय स्रोतलाई उदृध गर्दै प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले भने ‘जोखिममा रहेकाहरुको अवस्था हेरेर जाँच गर्नुपर्छ भन्ने छ ।’
यता, प्रादेशिक स्वास्थ्य निर्देशनालयले संक्रमित युवतीको परिवार र सम्पर्कमा रहेकाहरुमा कोरोनाको संकेत देखिएमा परीक्षणका लागि नमुना संकलनका लागि तयारी थालेको छ । निर्देशनालयले आईतबार धौलागिरी अञ्चल अस्पतालका लागि एक थान भेण्टिलेटर, २५ थान पीपीई र २५ थान किट बागलुङ पठाएको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए ।
‘अस्पतालमा भेण्टिलेटरको अभाव हुन नदिन एक थान भेण्टिलेटर पठाईयो’ उनले भने ‘संक्रमितको सम्पर्कमा रहेकाहरुमा सिमटम देखापरे नमुना संकलनको लागि सामग्री तयार छ ।’ प्रदेशले पठाएको सामग्रीको प्रयोग गरेर बागलुङमै रहेका प्राबिधिकले नमुना लिन सक्ने उनले बताए । क–कस्को नमुना संकलन गर्ने भन्ने बिषयमा जिल्लामै रहेका चिकित्सक तथा सरोकारवालाको बैठकले निधो गर्नेछ । निर्देशनालयका अनुसार, संक्रमण देखिएकी युवतीसँगै कतारबाट नेपाल आएका बागलुङका थप दुई जनाको आईतबार नै परीक्षणका लागि स्वाब लिईंदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->