आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विपतमा जुट्दै राहत, घरभाडा छुटको लहर

विपतमा जुट्दै राहत, घरभाडा छुटको लहर


  • Dhorpatan News
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत– कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको विपत्तिविरुद्ध लड्न उद्योग वाणिज्य संघ बागलुङले आपतकालीन सहायता कोष स्थापना गरेको छ । संघले १ लाख रुपैयाँ राखेर स्थापना गरेको कोषमा हालसम्म २ लाख ५१ हजार संकलन भैसकेको संघका महासचिव नरेश कँडेलले ढोरपाटनलाई जानकारी दिए ।
आपकालिन अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको कोषमा सहयोग गर्न इच्छुक सबैलाई संघले आग्रह गरेको छ । संघले आफनै भवनमा रहेका २ ओटा सटरको चैत्र महिनाको भाडा समेत छुट गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष युवराज राजभण्डारीले समेत चैत्र महिनाको भाडा छुट दिने घोषणा गरेका छन् ।
यसैबीच, युवा व्यवसायी कुमार खड्काले आफ्नो भाडामा लगाईएको घरको भाडामा छुट गर्ने घोषणा गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ गुठी घर भई निर्माण व्यवसायमा सक्रिय खड्काले कोरोना महामारीको कारण ब्यापार ब्यबसायमा पर्न गएको क्षतिलाई मध्यनजर गर्दै एक महिनाको भाडा स्वरुप १ लाख छुट गर्ने घोषणा गरेका हुन् ।
यसअघि नेपाल सरकारका पूर्व राज्यमन्त्री चम्फादेवी खड्काले भाडाबापत आउने सबै छुट गर्ने घोषणा गरेकी थिइन् । बागलुङ लालीगुराँसचोक निवासी खड्का दुर्घटनामा मृत्यु भएका संविधान सभाका सदस्य हरिवहादुर खड्काका श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->