शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ४ युवा ‘बरेङ क्वारेन्टाइनमा’

कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ४ युवा ‘बरेङ क्वारेन्टाइनमा’

४८ घण्टा सिमानामा कुरेर नेपाल आएको क्वारेन्टाइन रहेका युवाहरुले बताएका छन् ।


  • तारानाथ आचार्य
  • चैत्र २३ २०७६, आइतबार

बागलुङ, २३ चैत – कोरोना भाईरसका नवौँ संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘बरेङ क्वारेन्टाइनमा’ रहेका छन् । उनीहरु मध्ये बाँकी चार जना रुपन्देहीको बास्गडीमा छन् ।
कञ्चलपुरका युवामा शनिवार कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै ४८ घण्टासम्म सँगै बसेर नेपाल भित्रिएकाहरुको खोजी सुरु भएको थियो । उनीसँगै आएका बागलुङ बरेङ गाउँपालिका स्थायी घर भइ बाँस्गडी रुपन्देही बस्ने चार जना र बरेङ गाउँपालिकामानै बस्ने चार जना रहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
बुटवलको बाटो हुँदै बरेङ आईपुगेका चारै जना युवाहरु एक हप्ता अघि देखिनै बरेङ गाउँपालिकाले बरेङ –२ मा बनाएको सर्वोदय माविको क्वारेन्टाईनमा राखेको छ । बाँसगडीमा रहेका युवाहरु पनि क्वारेन्टाईनमानै रहेको जानकारी प्राप्त भएको छ, अध्यक्ष शर्माले ढोरपाटनलाई बताए ।
कञ्चनपुरका युवामा संक्रमण देखिएपछि सोधीखोजी गर्दा ४८ घण्टा सिमानामा कुरेर गौरिफन्टा नाकाबाट नेपाल आएको क्वारेन्टाइन रहेका युवाहरुले बताएका छन् । ‘उनीहरु त्यहाँ दुई दिन बिताएर नेपाल पसेको भनेका छन्’ अध्यक्ष शर्माले भने, ‘आईतवार बिहानै मैले उनीहरुको यात्राको सबै जानकारी लिने प्रयास गरेको छु ।’ नेपाल आएपछि बागलुङ भित्रिएको जानकारी पाए लगत्तै गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । बाँसगडी र बरेङमा रहेका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष शर्माले बताए ।
क्वारेन्टाइनमा रहेका युवाहरुले आफुहरु निकै दुःखकासाथ आफ्नै गाउँमा आइपुगेको टेलिफोनमा ढोरपाटनलाई वताए । उनीहरु रोजगारीका लागि भारतको उत्तराखण्ड थिए । त्यहाँ पनि कोरोनाको संक्रमण बढ्दै गएपछि आफ्नै ठाउँमा जानेर भनेर नेपाल आएको उनीहरुले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->