आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

घरपझोङ्ग गाउँपालिकाले खरिद गर्याे स्वास्थ्य सामग्री

घरपझोङ्ग गाउँपालिकाले खरिद गर्याे स्वास्थ्य सामग्री


  • निरज थकाली
  • चैत्र २४ २०७६, सोमबार

ठिनी (मुस्ताङ), २४ चैत– जिल्लाको घरपझोङ्ग गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि औषधि सहित स्वास्थ्य उपकरण खरिद गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिकाको अध्यक्ष आश बहादुर थकालीले जनाकारी दिए ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका लागि ५ सेट पिपिई, ५०० थान सर्जिकल मास्क, पन्जा ५००, भाइरेक्स ५० वटा, सोडियम हाइपो क्लोरिण १० थान, सेनिटनइजर ५०० यम यल १० थान, १०० यम यल २० थान डिजिटल थर्मोमिटर २० थान टप ग्लोब्स ५० पिस , ईम्फार्ड गन थर्म्मिटर १ थान, हान्ड सेनिटाईजर १०० थान लगायतका सामग्री खरिद गरिसकेको घरपझोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए । खरिद गरेका सामग्री वडा वडामा पुगिसकेको पौडेलकोे भनाइ छ ।
यस्तै विश्वव्यापी महामारी रुपमा फैलिरएको कोरणा भाईरस संक्रमणलाई घरपझोङ्ग गाउँपालिकामा फैलन नदिन तथा सोको रोकथाम , नियन्त्रण , राहत तथा उपचार कोषको लागि घरपझोङ्ग गाउँपालिकाले राहत तथा नियन्त्रण कोष खडा गरिएको छ ।
उक्त कोषमा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले बताईन् । यस कार्यमा ईच्छुक सबै संघ, संस्था तथा आम सर्वसाधारण सबैले गाउँपालिकालाई सहयोग गर्ने पनि उनले बताइन । गुरुङले वडा तहमा रहेका महिला समुह, क्लव तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिलाई भेटी कोरोना भाईरस सम्बन्धि जनचेतना मुलक सन्देश प्रवाह गरेकी थिईन् ।
कोरनाको मुस्ताङ्गमा उच्च जोखीम देखेर गाउँपालिकाले जनहित उच्च मा वि जोमसोममा २० बेडको क्वारेन्टाईन, नमुना आधारभुत विध्यालय एयरपोटमा ७ बेडको क्वारेन्टाईन , जन कल्यान आधारभुत विध्यालय स्याङ्गमा ३ बेड क्वारेन्टाईन , मुक्ति नमुना आधारभुत विध्यालय ठिनीमा ३ बेडको क्वारेन्टाईन र छैरो आधारभुत विध्यालय छैरोमा ३ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->