पोखरा, २७ चैत – कोरोना भाइरसको संक्रमण फैलिएका देशहरबाट आएर कास्कीका क्वारेन्टाइनमा राखिएका कसैमा पनि हालसम्म कोरोना भाइरसको संक्रमण भेएिको छैन्। उनीहरुमा संक्रमणका कुनै पनि लक्षण नदेखिएपछि उनीहरु सवै घर फिरेका छन् । पोखरा महानगर पालिकाले बनाएको केन्द्रमा राखिएका १६ जना र रुपामा राखिएका २० जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई आ-आफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद विन्दु शर्माले जानकरी दिए ।
अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि कसैलाई कोरोना संक्रमण देखिएन । उनीहरु सवैलाई १४ दिन पछि घर पठाइए पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा. शर्माले बताए । कोरोना संक्रमण नभेटएपछि उनीहरुलाई आ आफ्नो घर पठाइएको छ । कतार, भारत र बंगलादेश लगायतका देशबाट आएका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि कोरोना भाइसर संक्रमणको कुनै लक्षण देखिएको छैन । लकडाउन पछि बाहिरबाट आउन रोकिएकाले अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।




