मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महानगरद्धारा पश्चिमाञ्च क्षेत्रीय अस्पताललाई स्प्रे मेशिन प्रदान

महानगरद्धारा पश्चिमाञ्च क्षेत्रीय अस्पताललाई स्प्रे मेशिन प्रदान


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

पोखरा, २७ चैत –  कोरोना संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेशिन प्रदान गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा अर्जुन आचार्यलाई हस्तान्तरण गरे । उक्त मेशिनबाट अस्पतालमा भित्रिने र बाहिरिने ब्यक्ति तथा सवारी साधनलाई स्प्रे गरिने छ ।

अस्पतालमा धेरै मान्छेहरु आउजाउ हुने भएकाले संक्रमण फैलिन नपाओस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको प्रमुख जिसीले बताए । ‘अस्पताल संवेदनसील ठाँउ हो यहाँ मानिसहरुको आउजाउ धेरै हुनेभएकाले सुरक्षित बनाउन स्प्रे मेशिन प्रदान गरेका हौ ।’ उनले स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताए । उनले पोखरा महानगरमा आउने कर्मचारी लगायत सबैलाई समेत स्प्रे गर्ने गरी मेशिन सञ्चालन गरिएको बताए । ‘अहिले महानगरमा मान्छे धेरै आउदैन हस्पिटलमा मानिसहरुको चाप हुने भएकाले सुरक्षित गर्न मेशिन प्रदान गरिएको उनले भने, यी मेशिन भोलीबाटै सञ्चालनमा आउने विश्वास गरेको छु ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोग प्रशसनीय रहेको बताए । उनले कोरोनाको संक्रमणलाई जित्न सवैको सहयोग र सहकार्य आबश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->