मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महानगरद्धारा गण्डकी अस्पताललाई १०० थान पिपिई प्रदान

महानगरद्धारा गण्डकी अस्पताललाई १०० थान पिपिई प्रदान


  • Dhorpatan News
  • चैत्र २९ २०७६, शनिबार

पोखरा, २९  चैत – पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । पोखरा महानगरले ग्राउण्ड, सुकभर र फेयसिल सहितको एक सय थान पिपिई सहयोग गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बृद्धिबहादुर थापालाई स्वास्थ्य सामाग्री (पिपिई)हस्तान्तरण गरे । प्रमुख जिसीले गण्डकी प्रदेशकै नेतृत्वदायी अस्पतालका रुपमा रहेकाले सुरक्षित बनाउन महानगरले सहयोग गरेको बताए । उनले हस्पिटल सुरक्षित नभए विरामी सुरक्षित नहुने बताउदै भने, ‘हस्पिटल र स्वास्थ्यकर्मी सुरक्षित नहुने हो भने कोही पनि सुरक्षित हुन सक्दैनौ ।’

प्रमुख जिसीले हस्पितलमा काम गर्ने एम्वुलेन्स चालक, ल्याबमा काम गर्नेहरु, आइसोलेसन वार्डमा काम सवै सुरक्षित रहनुपर्छ उनले भने, ‘पहिलो प्राथमिकता स्वास्थ्यकर्मी सुरक्षित बनाउनु हो । उहाँहरु सुरक्षित भएपछि हामी सुरक्षित हुन्छौ ।’ उनले महानगरले प्रदान गरेको पिपिई काठमाडौबाट ल्याएको र ल्याब टेष्ट गरिएको बताए ।

उनले स्वास्थ्यकर्मीका कमीकमजोरी हुनसक्छन् तर अहिले कमीकमजोरी खोज्ने बेला भन्दा मनोबल उच्च बनाउने बेला भएको बताए । ‘स्वास्थ्यकर्मीको गल्ती कमजोरी अहिले सञ्चार माध्यमले नलेखौ अहिले महामारीसंग लडौ त्यसको हिसावकिताव पछी गरौला ।’ प्रमुख जिसीले स्वास्थ्यकर्मीलाई उत्साह पुर्वक काम गर्ने वातावरण सृजना गर्न सबैलाई आग्रह गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति डा. बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामाग्रीले कोरोना संक्रमणको उपचारमा सहज हुने विश्वास ब्यक्त गरे । स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपक्तिका सिपाही भएकाले उनीहरुको मनोवल उच्च बनाउने गरी सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरले विहिबार मात्रै अस्पतालाई दुई ओटा स्प्रे मेशिन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->