बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घरपझोङ्गको राहत कोषमा स्याङ्ग आमासमुहको ५० हजार

घरपझोङ्गको राहत कोषमा स्याङ्ग आमासमुहको ५० हजार


  • निरज थकाली
  • बैशाख १ २०७७, सोमबार

मुस्ताङ, १ बैशाख– हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषलाई यहाँको एक आमा समुहले आर्थिक सहयोग गरेको छ । घरपझोङ्ग गाउँपालिकामा गठित स्याङ्ग आमा समुहले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत तथा नियन्त्रण कोषका लागि पचास हजार रुपैयाँ सहयोग गरेको हो ।

आमा समुहले गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीलाई उक्त रकमको हस्तान्त्रण गरेको आमा समुहकी उपाध्यक्ष कर्ण कुमारी गुरुङले बताईन् । कोरोेना रोकथामका लागि भैरहेको लकडाउनका कारण काम नपाएर गुजारा चलाउन कठिन भएका विपन्न तथा मजदुरका परिवारका लागि गाउँपालिकाले राहत वितरण सुरु गरेको छ । घरपझोङ्ग गाउँपालिकाले सबै वडाहरुमा १७९ विपन्न र दैनिक मजदुरी गरी जीवनयापन गर्ने परिवारलाई राहत वितरण शुरु गरेको हो ।

गाउँपालिकाले स्थापना गरेको कोषमा रकम जम्मा गर्ने सामाजिक संघ संस्थाहरु बढ्दै गएका छन् । लकडाउनका कारण बेरोजगार, विपन्न भएका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई उक्त जम्मा गरिएको रकम खर्चिने अध्यक्ष थकालीले बताए । गत शनिबार घरपझोङ्ग गाउँपालिकाले स्याङ्ग गाउँमा ४१ परिवारलाई केहि दिनको लागि पुग्ने चामल , चिनी, तेल, दाल हात धुने साबुन र नुन दिएको वडा सदस्य आईरल थकालीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लगायत गाउँका जनप्रतिनिधि, स्थानीय अगुवाहरुको उपस्थितिमा राहत सामाग्री वितरण गरिएको थकालीले बताए । स्याङ्गमा विदेश, बेजिल्लाबाट आएका र शंकास्पद बिरामी राख्न वडा न. ३ स्याङ्गमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेनटाईन व्यावस्थापन समिति गठन गरिएको वडा अध्यक्ष महेन्द्र थकालीले बताए । उनकाका अनुसार जन कल्याण आधारभूत विध्यालय स्याङ्गमा ३ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->