मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वडा अध्यक्ष सिम गुरुङद्धारा अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण

वडा अध्यक्ष सिम गुरुङद्धारा अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण


  • गिता राना मगर
  • बैशाख २ २०७७, मंगलबार

पोखरा, २  वैशाख – पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आफुले पाएको सरकारी सेवा सुविधाको रकमबाट ७५ घरधुरी परिवारका अति विपन्न र मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन । स्थानिय तहको चुनावमा भागलिदै गर्दा जनप्रतिनिधी चुनिएर आएपछि राज्यको कुनैपनि सेवा सुविधो उपभोग नगरीकन जनतालाईनै लाभ हुनेगरी खर्च गर्ने वचन वद्धता ब्यक्त गरेका वडा अध्यक्ष गुरुङ साच्चैनै यतिवेला मुलुकमा खाद्यान्नको संकटमा परेका अति विपन्न र मजदुरी गरी विहान कमाएर वेलुका छाक टार्ने जनताको घरमा चुलो बाल्न सफल भएका छन ।

गुरुङले कोरोनाको संक्रमणको विकराल अवस्थाका कारण मुलुकमा लकडाउनका कारण विहान वेलुका छाक टार्न धौ धौ भएका अति विपन्न र मजदुरका घरपरिवारलाई लक्षित गरी एक लाख २० हजार वरावरको खाद्यान्न वितरण गर्ने अभियानमा अगाडि वढेका हुन । सोही अनुरुप साविकको मौजा गाविसको ७६ घरधुरी अति विपन्न तथा मजदुर र कास्की बाहिरबाट सडकमा मजदुरी काम गर्दै आएका ओखलढुंगाका तीनजना मजदुरलाई खाद्यान्न सामाग्री प्रदान गरेका छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->