शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङमा चट्याङले लागेर घाईते हुनेको संख्या छ पुग्यो

बागलुङमा चट्याङले लागेर घाईते हुनेको संख्या छ पुग्यो

धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार हुँदै


  • रामकृष्ण बोहोरा
  • बैशाख २ २०७७, मंगलबार

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा ६ जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६, ७ र ८ मा मंगलबार साँझ परेको चट्याङले लागेर उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार, बागलुङ नगरपालिका–६ घर भएकी १४ बर्षिय प्रेरणा बर्देवा, बागलुङ नगरपालिका–८ सिगानाकी ३१ बर्षिय अनु क्षेत्री, सोही ठाउँकी १६ बर्षिय रसीता क्षेत्री र ९ बर्षिय असिम क्षेत्री तथा बागलुङ नगरपालिका–७ बाटुलेका ८३ बर्षिय आनन्द उपाध्याय रहेका छन । पर्वतको पाङकी पिंकी परियार माइतीघर बागलुङ आएकी प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । उनीहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका डाक्टर ढुण्डीराज पौडेलले बताए । मंगवार साँझ बागलुङमा ठुलो हावाहुरी सहित चट्याङ परेको थियो ।

 

तस्विरः रामकृष्ण बोहरा/ढोरपाटन न्युज

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->