सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पूर्वसचिव भीम उपाध्याय साइबर क्राइममा पक्राउ

पूर्वसचिव भीम उपाध्याय साइबर क्राइममा पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

काठमाडौं, १० बैशाख – पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि पक्राउ गरिएको हो । उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ । ललितपुरका एसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे । प्रहरी उच्चस्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेकाे प्रहरी हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->