मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

संवेदना हराएको समाज

संवेदना हराएको समाज


  • झलक शर्मा
  • असोज २७ २०८३, मंगलबार

सामाजिक सञ्जालको दुरुपयोगले मानवीय संवेदना हराएको छ । सञ्जालमा हिंसा र दुव्र्यवहारलाई हार्दिकताका साथ स्वागत गरेको छ । पीडितले पनि सामाजिक सञ्जालबाट न्याय खोज्छन् । तर यो क्षणिक संवेदनाले उल्टै दीर्घकालीन असर पारेको हुन्छ । आफ्नो पीडा पोख्ने तथा विचार अभिव्यक्त गर्ने शक्तिशाली माध्यम सामाजिक सञ्जाल नै हो । छोटो समयमा नै लाखौं मानिस सामु विचार, भावना साट्न सकिन्छ । पीडितलाई न्याय दिलाउन न्यायालयको बाटो अपनाउन आत्मबल पनि बढाउन सहयोग गर्दछ । तर सबै व्यक्तिलाई न्यायालयको बाटो दिलाउन सक्तैन । पीडितलाई झन् प्रत्याडित गराउन अराजकको भीड लाग्छ ।

यहाँ पीडितलाई नै दोषी देखाई अफवाह फैलाउन र नकारात्मक टीका, टिप्पणी गर्न तम्सिनेहरुको पनि कमी छैन । कानुनी बाटो अपनाई सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्दा मानसिक तनाव उत्पन्न हुन्छ । अपेक्षाभन्दा निराशाजनक परिस्थितिको सामना गर्नु पर्छ । सामाजिक सञ्जालले कसैलाई उचाईमा पु¥याउछ भने कसैलाई त्यही उचाईबाट ओरालो भुईतर्फ पु¥याउँछ । केही समय सामाजिक सञ्जालमा भाइरल हुन्छ । टे«न्डिङमा रहन्छ । धेरैको ताली र गाली पाइन्छ । तर पीडाले आफ्नो साथ छोड्दैन । आखिर न्यायका लागि त सरकारी न्यायालयको ढोका ढक्ढक्याउनै पर्छ ।

सामाजिक सञ्जाल एउटा माध्यम हो तर यो नै अन्तिम अड्डा, अदालत होइन । यसको माध्यमबाट पीडितले चाडो न्याय पाउला, पीडिकले चाडै दण्ड , सजाय भोग्ला । तर यस्तो सहज पक्ष सबै पीडितलाई नहुन सक्छ । मानिस पीडामा महलम होइन, नूनचुक लगाउन तम्सन सक्छन् । अरुको व्यथालाई मनोरञ्जनका रुपमा लिन्छन् । घटना छताछुल्ल सार्वजनिक गर्दा मेलमिलाप हुने सम्भावना पनि अन्त्य हुन्छ । कतिपय घटना मेलमिलाप गर्न नहुने प्रकृतिका हुन्छन् । त्यस्तोमा ठिकै होला तर सम्भावित सुधारको वातावरण सृजना गर्र्न मेलमिलापको ढोका पनि बन्द सक्छ ।

सामाजिक सञ्जालले पीडितलाई चिन्दैन । भीडलाई चिन्छ । आफ्नो कन्टेन्टले कति भ्युज, लाइक पाउँछ भन्ने तराजुले नाप्न खोज्छ । भीड जता जान्छ सामाजिक सञ्जाल पनि त्यतै दौडिन्छ । जसले दण्डहीनतालाई प्रश्रय दिन पनि पछि पर्दैन । अहिले मानिसलाई भाइरल हुने भुत चढेको छ । राम्रो नराम्रो दुवै गतिविधि अपनाई चर्चाको शिखर चुम्न खोजिरहेका छन् । अरुका पीडा भाइरल बन्ने कन्टेन्ट बन्न सक्छ । अल्पज्ञानले बढी स्थान पाउँछ । अर्थको अनर्थ लाग्न सक्छ । आफूमाथि भएको हिंसा बाहिर ल्याउदा बदनाम हुनु पर्ने अवस्था छ ।

वास्तविक घटना र नेपाली कानुन नबुझी सञ्जालमा न्यायाधीश बन्दा पीडितलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको पाइन्छ । यस्तो प्रवृत्तिले हाम्रो समाज कता जादै छ भन्ने प्रश्न स्वभाविक रुपमा उठिरहेको छ । सामाजिक सञ्जालको भीडले मानवीय नैतिक उत्तरदायित्व भुलेको छ । व्यक्तिको गोपनियता छलाछुल्ल बनाएको छ । विवेक गुमेको समाज निर्माणमा हामी स्वयम लागेका छौं । मानवीय मर्यादा ख्याल नगर्दा व्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप भएको छ । त्यसमाथि युटुबमार्फत पीत पत्रकारिता गरी डलरको खेती गर्न पल्केकाहरुले पत्रकारिताको मूल्य, मान्यता मान्दैनन् ।

पीडितको गोपनियता भंग गरी आफ्नो कन्टेन्ट टे«न्डिङमा लैजान चाहन्छन् । पीडितको अनुहार स्पष्ट रुपमा देखाएर अन्तर्वार्ता लिने गर्छन् । सघन उपचार कक्षमा गई अन्तवार्ता लिने र चर्चा कमाउने धुन पत्रकारितामा देखिएको छ । यस्तो सामाजिक सञ्जालमा हुने पत्रकारिताले पीडितको व्यथा उजागर गर्नुको सट्टा निजको गोपनियता र आत्मसम्मानमा चोट पु¥याउँदै सामाजिक सम्बन्धमा समेत खलल पु¥याउँछ ।

पीडित आफ्नो आवाज बुलन्द भएको भ्रममा पर्छन् । तर यथार्थमा स्वार्थसँग जोडिएको जालोमा फसिन्छन् । मानवता हराएको समाजमा पीडा पोख्नु उचित हुँदैन । विषय प्रसंगमा कोहलपुर स्थित थापा पोलिक्लिनिकमा उल्टी हुने र सेतोपानी बग्ने समस्या लिएर पुगेकी युवतीले आफूमाथि उपचारका क्रममा स्वास्थ्यकर्मीले यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । स्वास्थ्यकर्मी माथि रिस पोख्दै प्रतीकात्मक स्वरुपको भिडियो पनि देखिन्छ । पीडित युवतीले आफ्नो संवेदनशील अंगहरुमा अनावश्यक रुपमा छोएको र चिकित्सकिय मापदण्ड पूरा नगरेको भन्दै आफ्नो विचार व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल यस्तो भइदियो कि पीडित महसुस गरेकी युवतीको विपक्षमा उभियो । हुन त कसैलाई आरोप लगाउदैमा दोषी ठहरिदैन । मुद्दाको टुंगो नलागुञ्जेलसम्म आरोपी अपराधी हँुदैन तर अनुसन्धानकै प्रक्रियामा सामाजिक सञ्जालको हस्तक्षेपले न्यायिक बाटो अपनाउन कठिन हुन पुगेको छ । पीडित महसुस गरेकी युवतीलाई अहिले वास्तवमा सामाजिक सञ्जालबाट दुव्र्यवहार भइरहेको छ । घटना अनुसन्धानकै क्रममा छ । को सही, को गलत त्यो पछि न्यायिक फैसलाबाट नै थाहा होला तर पीडित महसुस गरेकी युवतीलाई अहिले पीडा माथि पीडा थपिएको छ ।

केही वर्षअघि एक चर्चित गायिकामाथि यौन दुव्र्यवहार भएको घटना सार्वजनिक भयो । आरोपित व्यक्ति सिनेमा जगतका प्रख्यात कलाकार भएकाले सामाजिक सञ्जालको भिड पीडितको पक्षमा नभई पीडकको पक्षमा उभियो । पीडित गायिकाले न्यायको निम्ति ठूलो संघर्ष गर्नु प¥यो । उनले सामाजिक सञ्जालमा अभद्र टिप्पणीको सामाना गर्नुको साथै समुदायमा हुने मेला, महोत्सवमा समेत सामाजिक दुव्र्यवहार सहनु प¥यो ।

त्यस्तै एक क्रिकेटरसँग युवती दुव्र्यवहारमा परेको गौशाला २६ को घटना पनि सार्वजनिक भयो । यस घटनामा पनि पीडितलाई नै दोषी ठह¥याउन सामाजिक सञ्जाल उत्रियो । तर ती युवतीको नाम र ठेगाना गोप्य राख्न सकिएकाले पीडित गायिका जस्तो ठूलो दुव्र्यवहार सहन परेन । हाम्रो समाज पीडितलाई न्याय होइन, पीडकलाई उक्साउने प्रकृतिको छ । भिक्टिम ब्लेमिङले झन् जरो गाडेर बसेको छ । पीडितले न्यायका लागि एक्लै लड्नुपर्ने परिस्थिति सृजना भएको छ ।

समाजमा पुनस्र्थापना हुनुभन्दा पनि एक्लिनुपर्ने बाध्यता छ । यौन दुव्र्यवहारमा परेका वा परेको महसुस गर्ने व्यक्तिले अब सामाजिक सञ्जालमा पीडा पोखनुभन्दा सिधै न्यायिक ढोका ढक्ढक्याउनु उपयुक्त हुन्छ । सामाजिक सञ्जालमा पुग्दा मुद्दा कमजोर बन्छ । पीडतको आत्मबल घट्न सक्छ । द्देष फैलाउने र हिंसालाई प्रश्रय दिनेहरुबाट हामीले समाजलाई जोगाउनु पर्छ । सभ्य समाज जोगिनुको अर्थ पीडितले न्याय पाउनु हो ।

सामाजिक सञ्जालमा हुने टीका। टिप्पणीबाट नागरिक चेतनाको अवस्था पत्ता लगाउन सकिन्छ । सामाजिक सञ्जालको सदुपोगबाट मानवीय व्यवहार, नैतिक आचरण र अनुशासनलाई शिरोपर गरी मानवीय संवेदनशीलता जोगाउनु पर्छ । भ्युज र कन्टेनटको पछि नलागी सुन्दर र सभ्य समाज निर्माणमा हामी लाग्नु पर्छ । अपराधीलाई जोगाउने माध्यमका रुपमा भन्दा पनि अपराध उजागर गर्ने माध्यमका रुपमा सामाजिक सञ्जाल हुनुपर्छ । विवेकहीनता अन्त्य गरी सभ्य समाज निर्माण गर्नु पर्छ । आजको समाजलाई कन्टेन्ट चाहिएको होइन, सभ्य, संवेदनशील समाज चाहिएको छ । सामाजिक सञ्जाल पीडा, खुसी व्यक्त गर्ने उपयुक्त माध्यम होला तर व्यक्तिको आत्मसम्मान गुमाउने थलो होइन । न्यायालयबाट अन्तिम फैसला आएपछि मात्र को सही, को गलत छुट्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->