बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना भाइरसलाई जितेर निको भएकी हुन् । छैठौं पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले बताए ।
उनको पाँचौ र छैठौं पटकको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालबाट डिस्चार्ज हुँदै अंशुले आफ्नो उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिईन् । ‘इमुनिटी पावर बढाउने कुरा खाएँ, मन ढुक्क बनाएँ’ उनले भनिन् ‘म आज धेरै खुसी छु ।’ नेपालको पाँचौ र बागलुङको पहिलो संक्रमित सापकोटा निको भएकी हुन् । धौलागिरी अञ्चल अस्पतालमा दुई जना संक्रमित आइसोलेसनमा उपचाररत थिए ।
सापकोटाको शुक्रबार बिहान पठाएको स्वाबको रिपोर्ट साँझ ढिलागरि नेगेटिभ आएको हो । चारपटकसम्म पोजेटिभ आएपनि पाँचौ र छैठौं पटकको स्वाब परीक्षणमा नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । दुइपटकसम्म नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हो । कोरोना पुष्टी भएपछि चैत १५ गतेदेखि उनी अस्पतालको आइसोलेसनमा थिइन् ।
तस्विर


















