शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउनको यात्रा महंगो सावित !

लकडाउनको यात्रा महंगो सावित !

माननीयले गाडी खोजे, सर्वसाधारणले दोब्बर भाडा तिरे


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

बागलुङ, १४ बैशाख– लकडाउनले समयस्यामा परेपछि देशका विभिन्न शहरबाट मजदुर तथा विद्यार्थीहरु संघिय सांसदहरुको व्यवस्थापनमा घर फर्किरहेका छन् । विशेषगरी बागलुङका सांसद देवेन्द्र पौडेल र पर्वतका सांसद पदम गिरीले सवारीसाधनको व्यवस्थापन गरी गृह जिल्ला पठाईरहेका सर्वसाधारणले भने दोब्बरभन्दा बढि भाडा तिर्न बाध्य छन् ।
समस्या भएपछि गाउँ फर्किएका सर्वसाधारणले सवारीसाधनले अन्य समयभन्दा दोव्बर भाडा असुलेको गुनासो गरेका छन् । काठमाडौंदेखि बागलुङ ८ सय ८० रुपैयाँमा आवतजावत गर्ने सर्वसधारण लकडाउनको समयमा घर फर्किदा प्रतिब्यक्ति १५ सयदेखि २ हजारसम्म भाडा तिर्न बाध्य भएका हुन् ।
‘बसको जम्मा भाडा ६० हजार भन्थे, यात्रुको संख्याका आधारमा भाग लगाएर भाडा तिरियो’ आईतबार काठमाण्डौबाट पर्वतको सदरमुकाम कुश्माबजारसम्म यात्रा गरेका बागलुङ नगरपालिका–१४ का गणेश सुवेदीले भने, ‘एक जनाको १५ सय तिरियो ।’ अफ्ठेरो परेको बेला सहयोग गर्नुको साटो मौका छोपेको उनले आरोप लगाए ।
सुवेदीजस्तै महंगो भाडा तिरेरै जिल्ला प्रबेश गर्नेको. संख्या धेरै छ । ‘लकडाउनले काठमाण्डौमा बस्नै कठिन थियो ।’ आईतबार नै भेटिएका अर्का यात्रु राजन सुवेदीले भने, ‘मैले किन भाडा धेरै भनी सोध्दा तिम्लाई सित्तै कस्ले लैजान्छ भनेर उल्टै थर्काए ।’ पढाइ नचलेको र काम समेत नभएकाले घर फर्केको सुवेदी बताउँछन् ।

‘यो बेला बढी भाडा लिन पाईंदैन तर हामीकहाँ धेरै लिएको भनी कहिँकतैबाट गुनासो आएको छैन्’ प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘मान्छे आएकै थाहा छैन, भाडा बढी लिएको त कसरी थाहा होस् !’ उनले सर्वसाधारण मर्कामा परेको भए सोधीखोजी थालिने बताए ।

सामाजिक सञ्जालमा आएको सूचनाका आधारमा सवारीधनीलाई सम्पर्क गरेर घर फर्किएको उनीहरु बताउँछन् । आइतबार प्रतिनिधिसभा सदस्य पदम गिरीले व्यवस्थापन गरेको बसमा पर्वत शंकरपोखरीका कमल खत्री कुश्मा झरेका छन् । ‘अरु बेला भाडा ८ सय थियो, त्यहीँ तिरियो’ खत्रीले भने, ‘अझै थप्नुपर्छ भनेका थिए, माननियज्युले बाँकी रकम बुझाईदिनु भो ।’ यात्रु लिन जिल्लाबाट रित्तै काठमाण्डौ जानुपर्ने भएकाले आउँदाजाँदाको दुवै हिसाब गरेर व्यवसायीहरुले भाडा लिएको उनले बताए ।
सरकारले कुनैपनि व्यवसाय वा सेवामा लकडाउनको समयमा अन्य अवस्थाभन्दा धेरै सेवाशुल्क नलिन भनिरहेको छ । ‘यो बेला बढी भाडा लिन पाईंदैन तर हामीकहाँ धेरै लिएको भनी कहिँकतैबाट गुनासो आएको छैन्’ प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘मान्छे आएकै थाहा छैन, भाडा बढी लिएको त कसरी थाहा होस् !’ उनले सर्वसाधारण मर्कामा परेको भए सोधीखोजी थालिने बताए ।
यता, धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले साविकको भन्दा बढी भाडा लिएको स्वीकार गरेको छ । ‘अरु समयजस्तो छैन्, यो बेलाको खर्च पनि बढी छ’ सञ्चालक समितिका अध्यक्ष उमेश केसीले भने ‘ड्राभरलाई दोब्बर भत्ता नदिई जानै मान्दैनन्, यात्रु बोके भाडा धेरै लियो भन्छन्, नबोके किन नबोकेको भन्छन् ।’ सर्वसाधारणले गुनासो गरेजस्तो दोब्बर भाडा नभएर केही बढी लिएको स्वीकार गरे ।
दोहोरो भाडा लिएका यातायात व्यवसायीको फरक मत छ । रित्तो बस जोखिम मोलेर हिँडाउनुपर्ने भएकाले केही भाडा बढी लिएको उनीहरु स्वीकार्छन् । ‘अलपत्र छन् भनेर हामी जोखिम मोलेर लिन गएका छौं, केही भाडा महंगो हुनु स्वभाविक हो ।’ व्यवसायी गणेश रिाजलले भने, ‘काउन्टर खोलेर टिकट काटेको भए दोहोरै मान्छे हुन्थे, खर्च पनि उठ्थ्यो तर खाली गएर फर्किदा स्वभाविक रुपमा खर्च बढी आउँछ ।’
गत शुक्रबारदेखि आईतबार बिहानसम्म बागलुङमा काठमाण्डौ, पोखरा, चितवन लगायतका ठाउँबाट २४ वटा बस यात्रु लिएर बागलुङ भित्रिएको तथ्यांक मालढुंगा प्रहरी पोष्टमा छ । ‘धेरै आउनुभएको छ, घोडाबाँधेभन्दा उता जानेलाई उतै जाँच गर्नु भनेर पठाएका छौं’ प्रहरी नायव निरीक्षक रामबाबु शाहले भने, ‘यताका सबैलाई यहिँ रहेको हेल्थ डेस्कमा ज्वरो जाँच भएको छ ।’ भाडाको बिषयमा भने यात्रुहरुले कुनै गुनासो नगरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->