सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अस्पतालका माग आगामी बजेटमा सम्बोधन गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको वचन

अस्पतालका माग आगामी बजेटमा सम्बोधन गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको वचन

स्वास्थ्य उपकरण खरिददेखि भवनको लागि बजेट विनियोजन गर्न माग


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७७, सोमबार

तस्बिर : बलावती शर्माको फेसबुकबाट ।

बागलुङ, १५ बैशाख– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाका बिरामीको सफल उपचार गरेको भन्दै धौलागिरी अञ्चल अस्पतालका चिकित्सक तथा व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । सोमबार अस्पतालको भौतिक विकास तथा सुविधायुक्त सामग्री माग गर्न मन्त्रालय पुगेको अस्पताल व्यवस्थापन समितिसँगको भेटमा उनले अस्पताल परिवारलाई धन्यावद ज्ञापन गरेका हुन् ।
मन्त्री ढकालले अस्पताललाई सुविधासम्पन्न बनाउनका लागि केन्द्र सकारको सधैं सहयोग रहने उल्लेख गरे । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अस्पतालमा रहेका समस्याको सम्बोधन गर्न व्यवस्थापन समितिले बुझाएको मागपत्र ग्रहण गर्दै मन्त्री ढकालले समायानुकुल बिकासका लागि सरकार तयार रहेको बताए । मन्त्री ढकाललाई भेट्न बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, डा. सूर्य पाठक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरसहितको टोली मन्त्रालय पुगेको थियो ।
अस्पतालको तर्फबाट मागपत्र बुझाउँदै व्यवस्थापन समितिका अध्यक्ष रानाले धौलागिरीको विश्वासिलो र सुविधायुक्त अस्पताल बनाउन आवश्यक प्राविधि तथा भवन निर्माणको लागि बजेट विनियोजन गर्न माग गरेका थिए । उनका अनुसार, स्वास्थ्यमन्त्रीलाई १४ करोड पर्ने सिटीस्क्यान, एक करोड ५० लाखको एनआईसियु र १० करोड बराबरको बजेट भवन निर्माणमा विनियोजन गर्न माग गरिएको छ ।
मागपत्र बुझ्दै स्वास्थ्यमन्त्री ढकालले भवनबाहेक उपकरण खरिदको लागि आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिएका सांसद डा. सूर्य पाठकले बताए । धौलागिरी अंचल अस्पताललाई गण्डकी प्रदेश सरकारले पनि उपप्रदेशिक अस्पतालको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
दुई जना कोरोना संक्रमितको सफल उपचारपछि धौलागिरी अंचल अस्पताल स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । एक महिनाको बिचमा अस्तालमा तीन बेडको सघन उपचार कक्ष तयार भएको छ । मन्त्री भेट्न पुगेको टोलीमा अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्मा, कुशुम बुढा, नेकपा बागलुङका इन्चार्ज बालावती शर्मा लगायत थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->