सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जिप्रकालाई सम्बोधन गरेर सम्झनाले किन गरिन आत्महत्या ?

जिप्रकालाई सम्बोधन गरेर सम्झनाले किन गरिन आत्महत्या ?

‘उसले भनेको मान्दै जाँदा राम्रै व्यवहार गथ्र्यो, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

बागलुङ, १६ बैशाख – जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेख्दै बागलुङ नगरपालिका-२ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसानले सोमबार राती कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नुपुर्व सम्झनाले लेखेको सुसाइड नोटमा जिल्ला प्रहरी कार्यालय बागलुङलाई सम्बोधन गर्दै ‘आवश्यक छानवीन गरी दोषीलाई कार्वाही गर्न’ माग गरेकी छिन् ।
गैरदलित युवासंग विवाह गरेको केही वर्षमै सम्बन्धमा खटपट भएपछि एक्लै बस्दै आएकी सम्झनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानका कारण आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेकी छिन् । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फस्दा आज यता न उताको भएर आत्महत्या गर्नुपरेको सम्झनाले लेखेको सुसाइट नोटमा उल्लेख छ ।
उनीसंग दुई वर्षसम्म सम्बन्धमा रहेको र अरु केटीसंग हिड्ने गरेको थाहा पाएपछि उससंग टाढिन खोज्दा पटक-पटक आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत ब्ल्याकमेलिङ गरेपछि उसले भनेका सबै कुरा मान्दै आएको समेत सुसाइट नोटमा उल्लेख छ । ‘उसले भनेको मान्दै जाँदा राम्रै व्यवहार गथ्र्यो, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ सुसाइट नोटमा भनिएको छ ।
श्रीमानसंगको सम्बन्ध विच्छेद पनि प्रहरी जवानसंगको सम्बन्धकै कारण भएको समेत नोटमा उल्लेख गरिएको छ । श्रीमानसंगको सम्बन्ध विच्छेदको कुरा र ती प्रहरी जवानले गर्भ स्वीकार गर्न गरेको आनाकानीका कारण आफु यता न उताको भई आत्महत्याको बाटो रोजेको सम्झनाले छोडेको नोटमा भनिएको छ, ‘मैले आत्महत्या गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दोषीलाई कानुनी बमोजिमको सजय दिन भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्यायको आशा राख्दछु ।’
मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलले झुण्डिएको अवस्थामा देखिएकी थिइन् । प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरी कार्यालयमा लगेको छ । धौलागिरी अंचल अस्पतालमा राखिएको मृतक सम्झनाको शवको पोष्टमार्टम बुधबार हुने प्रहरीले जनाएको छ ।
‘त्यो आत्महत्याको केशमा अहिलेसम्म शंकास्पद केही छैन’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले भने, ‘मान्छेका व्यक्तिगत कुरा केही हुन सक्लान, त्यो अनुसन्धानमा खुल्ने हो, तर, प्रारम्भिक चरणमा हेर्दा आत्महत्यामा शंकास्पद केही छैन ।’ मृतक सम्झनाका एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->