बागलुङ, १७ बैशाख– छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका छन् । सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान राकेश दवाडीविरुद्व किटानी जाहेरी दिएका हुन् । जाहेरीमा प्रहरी जवान दवाडीले छोरी सम्झनालार्ई आत्महत्या गरी मर्न दुरुत्साहन गरेकोले हदैसम्मको सजायको माग गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. २ माझकोट आनन्द चौपारीस्थित डम्मर बहादुर सार्कीको घरमा डेरा गरी बस्दै आएकी सम्झना किसान मंगलबार बिहान कोठाको सिलिङमा फेन राख्न प्रयोग हुने फलामको कुल्लीमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । आत्महत्या गरेकी सम्झनाको कोठामा सुसाइटनोट फेला पर्योे । जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरि लेखिएको सुसाइटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफुले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।
आत्महत्या गर्नुपुर्व सम्झनाले प्रहरी प्रमुखलाई लेखेको नोटमा दोषीमाथि आवश्यक छानवीन गरी कार्वाही गर्न अनुरोध गरिएको छ । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नु परेको सुसाइटनोटमा उल्लेख छ । ‘प्रहरी जवान दवाडीसंग दुई वर्षसम्म सम्बन्धमा रहेको र अरु केटीसंग हिड्ने गरेको थाहा पाई टाढिन खोज्दा आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत ब्ल्याकमेलिङ गथ्र्याे, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ सुसाइट नोटमा भनिएको छ ।
श्रीमानसंगको सम्बन्ध विच्छेद पनि दवाडीसंगको सम्बन्धकै कारण भएको उल्लेख छ । श्रीमानसंगको सम्बन्ध विच्छेद र प्रहरी जवान दवाडीले गर्भ स्वीकार गर्न गरेको आनाकानीका कारण आफु यता न उताको भई आत्महत्याको बाटो रोजेको सम्झनाले छाडेको नोटमा भनिएको छ– ‘मैले आत्महत्या गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दोषीलाई कानुनी बमोजिमको सजय दिन भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्यायको आशा राख्दछु ।’
मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलले झुण्डिएको अवस्थामा देखिएकी थिइन् । प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरी कार्यालयमा लगेको छ । धौलागिरी अंचल अस्पतालमा बुधबार उनको शवको पोष्टमार्टम गरिएको छ । उनको शवको अत्येष्टी बिहिबार गरिने आफन्तहरुले बताएका छन् ।
‘आत्महत्या दुरुस्साहनमा जाहेरी दर्ता भएको छ, अनुसन्धान हुन्छ’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘जाहेरी पर्दाबित्तिकै हिरासतमा लिने भन्ने हुँदैन, कल डिटेल फरेन्सिक ल्याबमा पठाउने र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र अनुसन्धान सुष्मरुपले अगाडि बढ्छ । केटाकै दुरुस्साहनका कारण घटना भएको भए कार्वाही प्रक्रिया अघि बढ्ने प्रहरी उपरिक्षक भट्टले बताए । ‘सुसाइटनोट बाहिर आएपनि पुरानो मितिको छ, उद्यपी त्यसको विषयमा पनि छानवीन हुन्छ’ एसपी भट्टले भने । आत्महत्या दुरुत्साहनको मुद्धा बागलुङमा पहिलोपटक परेको हो । आत्महत्या दुरुस्साहन मुद्धामा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तो छ सुसाइट नोट…






