बागलुङ, १९ बैशाख – विहुँकोट समाज जापानले जिल्लाको काँठेखोला गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजले पठाएको ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १६ सेट, टिआर गन १६ थान, एन ९५ मास्क १६ थान, चश्मा १३ वटा र ब्लाजर १३ थान गाउँपालिकालाई शुक्रवार प्रदान गरिएको हो । जापान समाज विुहँकोटका अध्यक्ष सुदर्शन कँडेलले ती सामग्री गाउपालिकाका अध्यक्ष अमर थापालाई शुक्रवार दिउसो प्रदान गरे ।
स्वास्थ्य सुरक्षा सामग्री वुझ्दै गाउपालिकाका अध्यक्ष अमर थापाले महामारीको समयमा समाजले पठाएको सामग्रीले गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि उपयोगी हुने वताए । ती सामग्रीहरु पालिकाभित्रका सवै स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रमा पुराउने वताउदै अध्यक्ष थापाले सहयोगका लागि समन्वय गर्ने सवैलाई धन्यवाद दिए ।
समाजका अध्यक्ष कँडेलले अहिले जापानबाट पठाएको स्वास्थ्य सामग्री गाउपालिकालाई प्रदान गरिएको र अव छिट्टै पालिकाभित्रका ११ वटा माध्यमिक विद्यालय र विहुँकोटमा रहेका सवै प्राथमिक र आधारभुत विद्यायलमा पानी ट्यांकी र सावुनको ब्यवस्था गर्ने वताए ।
सो अवसरमा वडा नं. ५ का अध्यक्ष शिव प्रसाद कँडेल, वडा नं. ६ का अध्यक्ष युक्त प्रसाद कँडेल, कार्यपालिका सदस्य टिका संगम विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामा, प्रशासन प्रमुख मनोज कार्की, जापान समाज विहुँकोटका सचिव भीष्म कँडेल, सल्लाहकार गौरी शंकर सुवेदी, उपाध्यक्ष ज्ञान कुमारी श्रीस, सहसचिव यज्ञ प्रसाद शर्मा, कोषाध्यक्ष नारायण प्रसाद कँडेल राजु, सदस्य गंगा प्रसाद कँडेल, सुवास कँडेल, हिरालाल कँडेल, समाजसेवी शिवलाल कँडेल, राम प्रसाद कँडेल लगायतले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामग्री महत्वपूर्ण हुने वताए । संकटको समयमा जापान समाजले गरेको सहयोग महत्वपूर्ण हुने उनीहरुको भनाई थियो ।
जापान समाज विहुँकोटले लकडाउनका समयमा मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरुलाई खाद्यान्न, पैदल यात्रुहरुलाई ड्राईफुड र पानी लगायतका सामग्री वितरण गरेको अध्यक्ष कँडेलले वताए ।





