बागलुङ, २० बैशाख – जिल्लामा क्रियाशिल दुई लायन्सको शनिवार समपन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सामाजिक कार्यमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ कालिका र बागलुङ सिटीको अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो । लायन्स क्लव अफ बागलुङ कालिका र लायन्स क्लव अफ बागलुङ सिटीमा आवद्ध लायन्सहरुको अधिवेसनले बर्ष २०२०÷२०२१ का लागि नयाँ नेतृत्व चयन गरेको जनाएका छन् ।
लायन्स क्लव अफ बागलुङ कालिकाको अधिवेसनले दिनेश जिसीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा निवर्तमान अध्यक्षमा गोविन्दबहादुर पौडेल, प्रथम उपाध्यक्षमा शिव केसी, द्धितीय उपाध्यक्षमा बद्रि ढुङ्गाना, तृतीय उपाध्यक्षमा नारायण पौडेल चयन भएका छन् । क्लवको सचिवमा खगेश्वर पौडेल, कोषाध्यक्षमा देवेन्द्र खड्का, सदस्यता बृद्धि संयोजकमा शिशिर पन्त, आइटी कोअडिनेटरमा नरेन्द्र कँडेल, क्लव सर्भिस संयोजकमा मधुसुधनराज पाण्डे, बजार तथा संचार व्यवस्थापन संयोजकमा हिमाल आचार्य चयन भएका छन् । क्लवको निर्देशकमा देवप्रकाश घिमिरे, ऋषीराज गौतम, बिजय अधिकारी र सविन गौतम चयन भएका छन् । सो अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष जिसीले बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणका लागि आफु र क्लव सधैमा अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
त्यसैगरी, लायन्स क्लब अफ बागलुङ सिटीको अधिबेसनले बर्ष २०२०÷२०२१ को लागि लक्ष्मी घर्ति श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । क्लवको निवर्तमान अध्यक्षमा दिपाकुमारी जिसी, प्रथम उपाध्यक्षमा पुष्पाकुमारी क्षेत्री, द्वितीय उपाध्यक्षमा सिर्जना श्रेष्ठ, तृतिय उपाध्यक्षमा धना सुनार, सचिबमा पुष्पा केसी र कोषाध्यक्षमा मिलन बरुवाल लगायतका चयन भएको निवर्तमान अध्यक्ष (जोन चेयरपर्सन) कबिता बस्नेतले जानकारी दिइन ।





