बागलुङ, २३ बैशाख– गोर्खा वेलफेयर ट्रस्ट नेपालले धौलागिरी अञ्चल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ट्रस्टको पोखरा कार्यालयबाट बागलुङ आईपुगेको टोलीले तीन लाख ६० हजार मुल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच ट्रस्टले १५० थान पिपिई गाउन, २०० थान सेनिटाईजर, १ थान थर्मल गन, त्यसमा लाग्ने ब्याट्रि, ५ हजार थान ग्लोव्स, २०० थान डेटल लगायतका सामग्री सहयोग गरेको हो ।
अस्पतालका डाक्टर पुजन बल्ल, प्रदिप श्रेष्ठ, अस्पताल बिकास समितिका सदस्य शालिकराम शर्मा लगायतको उपस्थितीमा सामग्री सहयोग गरिएको ट्रष्टका इन्जिनियरिङ बिभाग प्रमुख धनबहादुर जिरेलले बताए । संस्थाले अस्पताल परिसर तथा भवनका बिभिन्न ठाउँमा ७ वटा हातधुने धारासमेत निर्माण गर्ने भएको छ । स्वचालित साबुन पानी आउने धारा जडान गरिने जिरेलले बताए ।





