सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रज दवाडीविरुद्व अनुसन्धान गर्न दोस्रोपटक म्याद थप

प्रज दवाडीविरुद्व अनुसन्धान गर्न दोस्रोपटक म्याद थप

सम्झना किसान आत्महत्या प्रकरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७७, मंगलबार

बागलुङ, २३ बैशाख– आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान रोकश दवाडीविरुद्व अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले दोस्रोपटक १५ दिन म्याद थप गरेको छ । यसअघि अदालतले ५ दिनको समय दिएको हो । आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी जवान दवाडी हिरासतमा छन् । प्रहरीले उनीविरुद्व अनुसन्धान गरिरहेको छ ।
बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ बर्षिया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । उनको फोन सम्बाद र डिएनए जाँच लगायत अनुसन्धानको काम चलिरहेकाले म्याद थप भएको प्रहरी निरीक्षक हेम केसीले बताए । तनहुँको व्यास नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदै आँफुसँग सम्बन्धमा रहेको र उनैको व्यवहारका कारण आत्महत्या गर्नुपरेको सम्झनाले सुसाईट नोटमा उल्लेख गरेकी थिईन् । छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झनाका बुबा खडक बहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।
दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्तर्गत प्रमाण जुटाउने काम भैरहेको र प्राप्त प्रमाणका आधारमा मुद्धा दायर गर्ने तयारी भएको प्रनि केसीले बताए । गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुस्साहन मुद्धामा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->