सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुख्खा पहिरोले पाईप बगायो, खानेपानीमा फेरी समस्या

सुख्खा पहिरोले पाईप बगायो, खानेपानीमा फेरी समस्या


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

बागलुङ, २५ बैशाख– सुख्खा पहिरोले पाईप बगाउँदा बागलुङ बजारमा वितरण भैरहेको खानेपानी आपूर्ति बन्द भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुख्खा पहिरोले खानेपानीको पाईप बगाएको हो । केही दिन पहिला बाढीसँगै आएको पहिरोले बगाएको पाईप मर्मतकै चरणमा थियो ।
बुधबार मर्मत सम्पन्न गरेर पानी सूचारु गर्नेक्रममा माथीबाट आएको पहिरोका कारण पाईप पुन बगाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । काँठेखोला गाउँपालिका–७ रेशमा रहेको भुँदीखोलाबाट बागलुङ बजारमा ल्याईएको पिउने पानीको पाईप बर्षासंगैको पहिरोले बगाएपछि अघिल्ला चार दिनदेखि बागलुङ बजारका अधिकांश स्थानमा खानेपानी आपुर्ति बन्द भएको थियो । सुचारु गर्ने प्रयास हुँदाहुँदै सुख्खा पहिरोले दुख दिएको शर्माले बताए ।
रेशको जिरेदी स्थित भुदी खोलामा निर्माणाधिन पक्कि पुलमाथिबाट आएको सुख्खा पहिराले पानीको मुख्य पाईप बगाएपछि बागलुङ बजारको उपल्लाचौर, वडारचौर र श्रीनगरटोल लगायतका स्थानमा पानीको समस्या भएको छ । संस्थाका कर्मचारी सहितको टोली निरन्तर रुपमा खटिएर डोजर प्रयोग गरि पहिरो पन्छाउने काम सकेर पाइप जडान गरेपछि पुन सुख्खा पहिरो आएर पाईप बगाएको शर्माले जानकारी दिए ।
खानेपानी आपुर्तिका लागि अस्थायी रुपमा पाइप जडान गरेर पानी आपुर्तिमा सहज बनाउने प्रयास भैरहेको थियो । बागलुङ बजारक्षेत्र भित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । अहिले रिठेखोलाबाट ३ दशमलव ५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । पहिरोले पाईप बगाएर पानी बन्द हुँदा बागलुङ बजारका ४ हजार धारा प्रयोग गर्ने ३० हजार भन्दा धेरै उपभोक्ता प्रभावित हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->