शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बम हराएको भन्दै वनमा नजान सर्वसाधरणलाई सेनाको आग्रह

बम हराएको भन्दै वनमा नजान सर्वसाधरणलाई सेनाको आग्रह

बिहुँमा रहेको व्यारेकमा गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोर्टर फाईरिङको अभ्यास गराउँदा २ इन्चको एच.ई बम मिस फायर भएर वनमा हरायो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

बागलुङ, २५ बैशाख– बागलुङमा रहेको अर्जुनवाण गण घोडाबाँधे व्यारेकले प्रशिक्षार्थीको अभ्यासका क्रममा बम हराएको भन्दै व्यारेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको व्यारेकमा गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोर्टर फाईरिङको अभ्यास गराउँदा २ इन्चको एच.ई बम मिस फायर भएर सामुदायीक वनमा हराएको भन्दै नभेटिने बेलासम्म उक्त क्षेत्रमा प्रबेश नगर्न गणले आग्रह गरेको हो ।
काठेखोला गाउँपालिका तथा वडा कार्यालयको नममा पत्राचार गर्दै गणले हराएको बम खोज्ने काम भैरहेपनि अहिलेसम्म नभेटिएकाले सावधानी अपनाउन भनेको छ । अभ्यासका क्रममा मिस फायर भएर जंगलमा पुगेको बम नपड्किएकोले जोखिम हुनसक्ने गणले सचेत गराएको छ । गणका सेनानी दिप श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयलाई पत्राचार गर्दै उक्त बमको दैनिक खोजी भैरहेको र नभेटिएसम्म वनक्षेत्रमा कसैलाई प्रबेश नदिन आग्रह गरेका छन् ।
काठेखोला र गल्कोट नगरपालिकाको सिमानामा पर्ने घोडाबाँधे व्यारेक आसपास ठुलो वनक्षेत्र रहेको वडा कार्यालयले जनाएको छ । बिहुँका स्थानीयले घाँसदाउरा गर्ने वनमा बम हराएको हो । गणको पत्रपछि गाउँपालिकाले सर्वसाधारणलाई साबधानी अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्चाल र मौखिक सूचना प्रवाह गर्दै उक्त ठाउँमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर बिकले बताए ।
उता, गणले भने बम हराएको बिषय खासै ठुलो नभएको तर सावधानीका लागि सर्वसाधारणमा सूचना पु¥याउन प्रयास गरेको बताएको छ । गणपति मिलनध्वज मल्लले व्यारेक परिसरमै बम हराएकाले सर्वसाधारणको लागि त्रासको बिषय नभएको बताए । आसपासका क्षेत्रमा सावधानीका लागि मात्रै आँफुहरुले जानकारी गराएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->