सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा महिलालाई छुट्टै क्वारेण्टिन

पोखरामा महिलालाई छुट्टै क्वारेण्टिन

महिलाको सुरक्षाका लागि महिला क्वारेण्टाइन बनाउने प्रस्ताव


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७७, बिहिबार

पोखरा, ४ असार– पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेण्टिनको व्यवस्था गरेको छ । महानगरले पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटलको खालि भवनमा महिलाहरुका लागि क्वारेण्टिन बनाएको हो ।
बुद्ध अस्पताललाई यसअघि नै क्वारेण्टिन बनाउने निर्णय भए पनि स्थानीयले विरोध गरेकाले त्यो ठाउँ खालि नै थियो । वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रज्ुले विदेशबाट आउने महिलाको सुरक्षाका लागि सो ठाउँलाई महिला क्वारेण्टाइन बनाउने प्रस्ताव गरे अनुरुप महानगरले सो भवनलाई क्वारिण्टिन बनाउने निर्णय गरेको हो । कैलालीको लम्कीचुहामा क्वारेण्टिनमा बसेकी महिलाको बलात्कार भएसँगै महिलाको लागि छुट्टै क्वारेण्टिनको आवश्यकता खट्केको हो । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङका अनुसार क्वारेण्टिनमा बुधबार नै भारतबाट आउने ८ जना महिलालाई राख्ने तयारी गरिएको छ ।
‘भारतबाट ८ जना महिला पोखरा आउँदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ, महिला पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएका छन्’, उनले भनिन्,‘ ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेण्टिनको ब्यवस्था गरेका छौं ।’ त्यहाँ ५० जना राख्न सक्ने क्षमता रहेको छ । परिवारसहित आउनेलाई अन्य क्वारेण्टिन राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने सकिने महानगरको आँकलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->