शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितको शव व्यवस्थापन गर्न लाग्दा झडप , सेनाले गर्‍यो शव व्यवस्थापन

संक्रमितको शव व्यवस्थापन गर्न लाग्दा झडप , सेनाले गर्‍यो शव व्यवस्थापन


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

पोखरा, ११ असार– कोरोनाबाट ज्यान गुमाएका स्याङ्जाका एक व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो ।
उनकै शव व्यवस्थापनको गर्न लागेको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो । गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरे पनि नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ । पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने भनेर जग्गा खोजेको हो । शव व्यवस्थापन गर्न नदिन स्थानीयले टायर बालेर बाटो अवरुद्ध गरेका थिए । स्थानीयलाई प्रहरीले तितरबितर पारेपछि सेनाले शव व्यवस्थापन गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले स्थानीय अवरोध गरेपछि सामान्य झडप भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->