पोखरा, १२ असार – गण्डकी प्रदेश सांसद रामजी बरालले कालोमोसो नलगाउने गरी काम गर्न निजामति कर्मचारी र सडक निर्माण कम्पनिलाई आग्रह गरेका छन् । पोखरा–२५ हेमजास्थित मध्यपहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको शुक्रबार अवलोकन गर्दै सांसद बरालले गुणस्तरलाई ख्याल गरी राष्ट्रिय गौरवका योजनालाई बिषेश प्रथामिकता दिएर काम गर्न सुझाव दिदै स्थानीयले कालोमोसो नलगाउने गरी काम गर्न कर्मचारी तथा सडक निर्माण कम्पनिलाई आग्रह गरेका हुन् ।
शर्मा एण्ड कम्पनी, स्वच्छन्द/एलिट जेभी कम्पनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत हेमजा सडक खण्डको करिब १२ किलोमिटर सडक निर्माणको जिम्मा लिएको उक्त कम्पनीले राम्रोसँग र गुणस्तरमा ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेपछि सांसद बरालले स्थानियको जनभावना अनुसार काम गर्न सुझाव दिएका हुन् । उनले नेपालका प्राविधिकलाई ३५ हजार तलवको स्थानमा ७० हजार लिएर ठेकेदार कम्पनिसँग हुने चोचो मोचो पूर्ण रुपमा बन्द हुनुपर्नेमा जोड दिए ।
याम्दीदेखि नयाँपुल र सुइखेत देखि घट्टेखोलासम्म दोहोरो नाला सहितको ६/६ किलोमिटरमा ६ लेनको सडक निर्माणको कार्य हाल ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका राजु रानाभाटले बताए । स्थानियले भने अनुसारका केही कुरामा सुधार गर्ने बताएका उनले खानेपानी, बिद्युत र कोभिड- १९ का कारण उक्त परियोजना सम्पन्न गर्न एक वर्ष ढिलो हुने बताए ।
माछापुच्छे्र गाउँपालिका वडा नम्बर ७ (धम्पुस) का वडा अध्यक्ष समबहादुर गुरुङले हेमजा सडक खण्ड बागलुङ राजमार्ग समेत भएकोले गर्दा उक्त सडक निर्माणसंगै सडक अबरुद्ध नहुने गरी काम गर्न आग्रह गरे । नेपाली कागेंस पोखरा २५ का सहसभापति दानबहादुर थापाले एम्बुलेन्स समेत संचालन हुन नसक्ने गरी हेमजा सडक खण्डा बिग्रिन गएकोले तत्काल मर्मत गर्न निर्माण कम्पनीसंग आग्रह गरे ।
हेमजा सडक खण्डको उक्त परियोजना २०७४ भदौं ३१ बाट सुरु भएको हो । उक्त परियोजना तीन बर्षको लागि निर्धारण गरिएको हो ।





