सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह

नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह

जनचाहना अनुसार पार्टी एक भएर अगाडी बढ्ने महानगर कमिटीको विश्वास


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

पोखरा, २६ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको छ । महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त रुपमा बिहिबार एक विज्ञप्ती प्रकासित गरी मुलुकको स्थायित्व, समृद्धि, सु–शासन र समाजवाद उन्मुख समाज निर्माणको महाअभियानलाई सफल पार्न पार्टीलाई अझ सुदृढ र एकताका साथ अगाडी बढाउन केन्द्रीय नेतृत्वसँग आग्रह गरेको छ ।
‘सिंगो पार्टी ऐतिहासिक मोडमा उभिएको बेला सबै नेता कार्यकर्तालाई धैर्यताका साथ एकताको सन्देश प्रवाह गर्नसमेत अनुरोध गर्दछौं’ विज्ञप्तीमा उल्लेख गरिको छ– ‘पार्टी कार्यकर्ताको भावना र आम नेपाली जनताको चाहनालाई एकिकृत गर्न गौरवपूर्ण इतिहास बोकेका दुई ठूला पार्टीविच एकिकृत भई अगाडी बढेको वर्तमान हो ।’
पछिल्लो समयमा पार्टी एकताले पूर्णता नपाउँदै केन्द्रमा उत्पन्न असहज परिस्थितिले सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता एवं नेपाली जनतालाई चिन्तित बनाएको छ । यद्यपि दुई श्रद्धेय अध्यक्ष लगायत पार्टी नेताहरु निरन्तर छलफल र अन्तव्रिmयामा पनि हुनुहुन्छ । हामीलाई विस्वास छ कि पार्टी नेतृत्वले जनता र कार्यकर्ताको चाहना अनुसार नै पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढाउने छ । –विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->