पोखरा, २९ असार– कास्कीको मादि गाउँपालिकामा बादरलाई ढुङ्गा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेकाछन् ।
मादि गाउँपालिका–४ घामनुङका ५५ वर्षीय नवराज सापकोटाले आफ्नै ८० वर्षीय काका पिताम्बर र ७७ वर्षीय काका केशवराज सापकोटालाई खुकुरी प्रहार गर्दा ८० वर्षीय पिताम्बरको मृत्यु भएको हो । खुकुरी प्रहारबाट घाइते पिताम्बरको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । यस्तै खुकुरी प्रहारबाटै घाइते भएका केशवराजको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवाष हमालले जानकारी दिए । ‘घाइतेलाई अस्पताल पु¥याउँदा डाक्टरले पिताम्बरको मृत्यु भएको घोषणा गर्नुभयो । केशवराजलाई पनि मरानासन्न हुनेगरी प्रहार गरिएको रहेछ, उनको मणिपालमा उपचार भइरहेको छ’, प्रवक्ता हमालले भने ।
मास्टर डिग्री गरेका नवराज पूर्व शिक्षक समेत हुन् । कृषिमा डिग्री गरेकाले उनी गाउँमा कृषिकर्म गर्दै आएका थिए । उनलाई प्रहरीले आइतबार बिहान पोखरा–१३ कसेरीबाट पक्राउ गरेको छ । पक्राउ परेपछि उनले रिसको आवेगमा काकाहरुमाथि खुकुरी प्रहार गरेको र आफू प्रहरीलाई जानकारी दिने क्रममा रहेको बताएका थिए । घटना पश्चात फरार नवराजको खोजीको लागि प्रहरीले राती नै सबैतिर हुलिया सहितको सुचना पठाइसकेको थियो । कास्की प्रहरीले धरै मिहेनत गर्न परेन विहानको ५ः३० बजे प्रहरीले उनलाई पक्राउ ग¥यो । प्रारम्भिक अनुसन्धानको विवरण सहित उनलाई कास्की जिल्ला अदालतले कर्तव्य ज्यानमुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख जिवनकुमार श्रेष्ठले बताए ।





