बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सशस्त्रका एसएसपी बलात्कारको आरोपमा पक्राउ

सशस्त्रका एसएसपी बलात्कारको आरोपमा पक्राउ


  • Dhorpatan News
  • असार ३१ २०७७, बुधबार

पाेखरा, ३१ असार- सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन कार्यरत उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । चितवनकी २७ वर्षीया १ महिलाले अधिकारी विरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा मौखिक उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई कास्की प्रहरीका एसपी जीवनकुमार श्रेष्ठ स्वयंले लामपाटनस्थित उनकै निवासबाट पक्राउ गरेका हुन् । सशस्त्रका एसपीको पोखराबाट सरुवा भएको थियो । घटना विवरण अनुसार चितवनकी ती युवतीलाई एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफुलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->