सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिमालीले दियो ३० कलाकारलाई राहत

हिमालीले दियो ३० कलाकारलाई राहत


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

पोखरा, १ साउन– हिमाली सांस्कृतिक परिवारले परिवारसँग आवद्ध कलाकारहरुलाई बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ । हिमालीमा आवद्ध रही नेपाली लोक संस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको हो ।
लामो लकडाउनले कलाकारिताबाट हुने आम्दानी पनि बन्द भई कलाकारहरुको दैनिक जीवनमा समस्यामा परेकाले संस्थाको तर्फबाट दोश्रो चरणमा चामल, दाल, तेल, नुन, सोयाविन लगायतको प्याकेज वितरण गरिएको कोषाध्यक्ष माधव पोखरेलले जानकारी दिए । राहत वितरण गर्दै हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले समस्याको बेलामा क्लवले अभिभावकत्व ग्रहण गर्दै पहिलो र दोश्रो चरण राहत वितरण गरिएको स्मरण गरे । अवस्था यस्तो रहिरहे आगामी दिनमा पनि थप राहतको व्यवस्थापन हिमाली सांस्कृतिक परिवारले गर्ने सोंचमा रहेको उनले जनाए । खाद्यान्न राहत मात्रै होइन कलाकारहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै यदि कुनै कलाकार बिरामी भएमा उपचारका लागि क्लबले कोषको प्रबन्धको तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->