बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलात्कारको आरोपमा ४ पक्राउ

बलात्कारको आरोपमा ४ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

पोखरा, १ साउन– पोखराको लेकसाइडमा बलात्कार प्रयास गरी फरार हुन खाजेका ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुले पोखरा–२, बागलुङ बसपार्कस्थित सहारा अस्पतालको अगाडिबाट मंगलबार बिहान ६ः३० बजे एक बालिकालाई जवर्जस्ती उठाएर गाडीमा राखेर लेकसाइडको एक होटलमा पु¥याएर बलात्कार गरेका थिए । युवतीले लिफ्ट मागेपछि उनीहरुले युवतीलाई गाडीमा हालेर होटलमा लगेका थिए ।
नीलो रंगको ग १ च ७७४५ नम्बरको सवारी साधनमा आएकाहरुले बालिकालाई उठाएको खबरपछि प्रहरीले गाडीको खोजी थालेको थियो । प्रहरीले बुधबार बलात्कारमा संलग्न कास्कीको अन्नपूर्ण गाउँपालिका–३, का २४ वर्षीय कपिल गुरुङ, सोही ठाउँका २२ वर्षीय योगेश थकाली, अन्नपूर्ण–३,काँडेका १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु बुधबार पोखरा महानगरपालिका वडा नं. १८, लामागाँउबाट पक्राउ परेका हुन् । उनीहरुमाथि अपहरण तथा शरिर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->