पोखरा, ३ साउन– असार २६ गते राति गएको पहिरोको कारण कास्कीको माछापुच्छ गाउँपालिका–८, खोराकोमुखका डिलबहादुरको घर जोखिममा परेको छ । सोही रातदेखि डिलबहादुर अर्काको घरमा आश्रित भएका छन् । डिलबहादुरको परिवार राती ठुलो पानी परेकाले त्रासमा थिए । अचानक ठुलो आवाज सुनेपछि हतारहतारमा बाहिर आए । घर नजिकै पहिरो आयो तर भाग्यले उनीहरु जोगिए । घरमासमेत कुनै क्षति पुगेन तर अझै पनि माथीबाट पहिरो खस्ने जोखिम भने यथावत रहेको छ । २७ गतेबाट डिलबहादुरको रात धन्सारमै बितेको छ । घरमा भैँसी पालेको हुनाले पनि उनी धन्सारमा सुतेका हुन् । तर, उनको घरमा संक्रान्ति मनाउन आएका छोरी ज्वाईलाई लिएर डिलबहादुरकी श्रीमती भने सुत्नलाई अर्कैकोमा जान बाध्य भइन् । बिहान घरमा खाना पकाएर खाने गरेका उनीहरु बेलुका भने छिमेकी तथा आफन्तको घरमा गएर बास बस्छन् । मायाकी छोरी मुना र ज्वाई पूर्ण विक परिवारसँग खुसीयाली साथ सक्रान्ति मनाउन असारमै आएपनि आफ्नै घरमा भने सुत्न पाएका छैनन् । माया आफ्नो नातीहरु सुजन र सुमितलाई लिएर आइतबहादुर विककोमा आश्रितत् छिन् । नातीहरु त्यहीँ सुत्ने गरेपनि माया र छोरी ज्वार्इँ भने वल्ला र पल्ला घरमा गरेर रात बिताउँदै आएका छन । ‘रातीमा छिमेकमा सुत्छम्, दिउँसो यसो खाना पकाएर खान्छाँै, अहिले ८ जना थिएम, सधैँ बस्ने भनेको ४ जना छम्’ ५१ वर्षकी माया विकले भनिन्,‘जजस्कोमा हुन्छ त्यतै बसेको छु । ज्वाइँ छोरी र २ नाती सहित आएका थिए । ६ जना सुतेको कोठमा पहिरो खस्यो । माथीबाट पहिरोसँंगै आएको रुख कोठामा खसेको भए हाम्रो पनि लाश निकाल्न पथ्र्यो रुख कसरी घुमेर उँघो फर्केछ र जराले यता छेक्दा (घर तिर छेक्दा) बाचेका हौँ ।’
प्रहरी आएर क्षति नभएको भन्दै यताउता गरेर बस्न भन्दै फर्किएको उनले बताइन् । घटना घटेको एक हप्तापछि प्रेम बहादुरको घरमा मानविय क्षति भएकाले वडाध्यक्ष आएको उनले सुनाइन् । ‘हामीले फोन गरेका थियौ दरखास्त लिएर आम कि के गरम भन्दा आउन पर्दैन भन्नुभयो । दोमासेको दिन लिन जादाँ केके काम छ भन्नुभयो १५ दिनपछि आउँछु भन्दै मेरो बुढालाई फर्काएछन्’, उनले भनिन् ।





