सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जथाभावी खनेका सडककै कारण पहिरो

जथाभावी खनेका सडककै कारण पहिरो

सडकबाट आएको पहिरोले लियो ३ जनाको ज्यान


  • विजय नेपाली
  • साउन ३ २०७७, शनिबार

पोखरा, ३ साउन– असार २६ गते कास्कीमा ठूलो पानी प¥यो । देशकै सबैभन्दा बढी पानी सोही दिन कास्कीमा परेको थियो । भारी वर्षासँगै आएको पहिरोले त्यो दिन पोखरा –१८ सराङकोटमा एकै परिवारका ५ जनाको ज्यान लियो । सो घटनाको पीडा भुल्न नपाउँदै पहिरोले कास्कीको माछापुच्छ«े गाउँपालिका–८, खोराकोमुख पाखाबेसीमा एकै परिवारको ३ जनाको ज्यान लिएको छ । सराङकोटमा र खोराकोमुखमा पहिरो जानुको मुख्य कारण चाहिँ बाटो निमार्ण गर्नु नै रहेको छ । दुबै क्षेत्रमा यसअघि मानवीय क्षति हुने गरी कहिल्यै पहिरो गएको थिएन् । सराङकोटमा पहिरो गएकै दिन अर्थात् असार २६ गते बेलुका करिब २ बजेकै समयमा खोराकोमुखमा समेत पहिरो खसेको थियो । सराङकोटमा ५ जनाको मृत्यु हुँदा माछापुच्छ«े गाउँपालिकामा भने कुनै पनि किसिमको क्षति भएन । डिलबहादुर बिकको घरमा पहिरो त खस्यो तर मानवीय क्षति हुन पाएन । उनीहरु त्यो रात छिमेकीको घरमा शरण लिए । यता खोराकोमुखमा नै शुक्रबार प्रेम बिकको घरमा पहिरो जाँदा ३ जना बालबालिकाको ज्यान गएको छ । प्रेमका १६ वर्षे नाती कुशल विक र १२ वर्षीय नाती समिर विक तथा १६ वर्षीया नातीनी रेजीना विकको पहिरोमा पुरिएर मृत्युभएको हो । घरमाथि खनिएको बाटोकै कारण पहिरो गएको स्थानीयहरुले बताए । एक हप्ताअघि खोराकोमुख डिलबहादुरको घरमा गएको पहिरोको बारेमा स्थानीय जनप्रतिनिधि, प्रहरी, टोलसुधार समिति र स्थानीयले अनुमगन गरेका थिए । सोही दिन अनुगमन गर्दा प्रेमबहादुरको घरसहित रविलाल विक,डिल विक, नारायण विकलगायतको घर समेत जोखिममा रहेको निष्कर्ष निकालिएको थियो । भारी वर्षाको कारण एक वर्षअघि खनिएको बाटोको केही भाग फाटेको थियो । बाटो खनिएपनि बाटोको छेउमा पानी निकासाको लागि नाली भने बनाइएको थिएन् । पहिरो झरेकै मुख्य थानमा पानी जमेको थियो । पानीको निकास गर्नुपर्ने देखिएपनि अनुगमनमा गएकाले त्यसतर्फ काम भने गरेनन् । पहिरो जानुको मुख्य कारण बाटोमा पानी जमेको र पानीको निकास नभएको टोल सुधार समितिका संयोजक डण्डमणि चापागाईले बताए । ‘असारको २६ गते डिलबहादुर विकको घरमा पहिरो गएपश्चात हामी त्यहाँको बाटोको अवलोकन गर्न गएका थियाँै । बाटोको केही भाग खस्ने स्थितिमा थियो । त्यहाँ जोखिम रहेको निष्कर्ष त निकालेका थियौँ तर स्थानान्तरण भने गर्न सकेनौँ । त्यही बेला पहिरो जोखिममा रहेकालाई वडाले स्थानान्तरण गर्न सकेको भए मानविय क्षति हुने थिएन् । हामीले त खाली पानी तर्काउनमात्र भनेर हिड्यौँ’, संयोजक चापागाईले भने । सोही दिन घरमै पहिरो खसेपनि डिलबहादुरको घरमा कुनै क्षति नभएकाले जनप्रतिनिधिलेसमेत त्यसतर्फ कुनै चासो देखाएनन् । वडाध्यक्ष कृष्णप्रसाद दवाडीले सडकै कारणले मानवीय क्षति भएको बताए । ‘हामीले सुरक्षित स्थानमा राख्नको लागि उहाँहरुसंँग कुरा गरेका थियाँै उहाँहरु स्वेच्छाले बस्छु भन्नु भएको हो । माग अनुसार बाटो निमार्ण ग¥र्यौँ, बाटोकै कारणले ज्यान गयो’, वडाध्यक्ष दवाडीले भने । वडाको पहलमा जोखिममा रहेकाहरुलाई सामुदायिक भवन, विद्यालय लगायत क्षेत्रमा राख्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->