बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सधैँको जोखिममा दोबिल्ला बस्ती र पुल

सधैँको जोखिममा दोबिल्ला बस्ती र पुल


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७७, मंगलबार

पोखरा, ६ साउन – पोखराको दक्षिण–पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्लामा रहेको फुस्रेखोला पुल जोखिममा परेको छ । पोखरा महानगरको वडा नं १७ र २१ जोड्ने पुलमा पहिरोले क्षति पु¥याएको छ भने किनारको बस्ती पनि जोखिममा परेको छ ।
असार अन्तिम हप्तो पहिरो जाँदा स्थानीय प्रताप राना मगरको शौचालय, गोबर ग्याँस र गोठ बगाएको छ । मगरको घर पछाडिको २० हातभन्दा धेरै जमिन खोलाले बगाएको छ । उनको घर दोबिल्ला पूलको नजिक छ । पहिरोले जोखिम बढेसँगै उनले घर छोडेका छन् । ‘पहिरोले घर पछाडि सबै बगायो । जोखिम बढेकोले अहिले बस्न छोडेका छौ’, रानामगरले भने । दोबिल्ला पुलसँगैको सिंगो बस्ती पहिरोले जोखिममा परेको स्थानीय समाजसेवी अशोक रायमाझी बताउँछन् । उनका अनुसार दोबिल्लाको सडक र बस्तीमा गरी २ सय मिटर जति कटान भएको छ । कटानबाट वस्तीको ३५ घर जोखिममा परेका हुन् ।
वस्तीका बासिन्दाले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जोखिम बारे जानकारी गराएका छन् । त्यस पछि प्रदेश सभा सदस्य कृष्ण थापा सहित वडाका प्रतिनिधिहरुले वस्ती र पूलको निरीक्षण गरेका थिए ।दोबिल्ला क्षेत्रको बस्ती, सडक र पुल विगत केही वर्षदेखि लगातार पहिरोको प्रकोपमा पर्दै आएको छ । वडा नं १७ मा पर्ने यो पाँच दशकभन्दा पुरानो बस्ती हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->