पोखरा, १२ साउन – लकडाउन अन्त्यसँगै जनजीवन सामान्य अवस्थामा फर्कने क्रममा छ । रोकिएका गतिविधिहरु पुनः सुरु भएका छन् । यही उपक्रममा पोखराका केही युवाहरुको सक्रियतामा गतवर्षदेखि नियमित संचालित हाइकिङ सुरु गरिएको छ ।
युवाहरुले शनिबार सुरक्षा प्रबन्धसहित पोखरा–१६ स्थित महेन्द्रगुफादेखि ढिकिडाँडा तथा हरिपाउसम्म हाइकिङ गरेका हुन् । महेन्द्रगुफा, रमणीय घार्मी गाउँ हुर्दै हरिपाउ पुगेको समुहको नेतृत्व घार्मीका स्थायी बासिन्दा तथा पोखरा फाइनान्स लिमिटेडका विरौटा शाखा प्रमुख आनन्द पौडेलले गरेका थिए ।
हाइकिङमा सहभागीहरुलाई स्वागत गर्दै हरिपाउमा होम स्टे संचालक एकनाथ आचार्यले हरिपाउबारे जानकारी दिएका थिए । पत्रकार मनोज घर्तीमगरले पर्यटन प्रवद्र्धनमा यस्ता यात्रा सहायक हुने बताए । क्लबका अध्यक्ष प्रविण तुलाचनले हाइकिङका गतिविधिलाई निरन्तरता दिने बताए ।





