बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७७, सोमबार

पोखरा, १२ साउन – लायन्स क्लब अफ पोखरा लेकसाइडले पोखरा–२४, बडहरेका किसानलाई विभिन्न जातका ४५० विरुवा वितरण गरेको छ । क्लबले कागती, सुन्तला, कोइरालो, टाँकी, चाँप, लप्सी, तेजपात, अमला, कफी र निमारोको विरुवा किसानलाई बाँडेको हो । अघिल्लो वर्ष क्लबले सोही ठाउँका २० घरलाई एक हजार २ सय ५० विरुवा बाँडेको थियो ।
क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार किसानको आवश्यकता र भूगोलको प्रकृतिको आधारमा विरुवा वितरण गरेको उल्लेख गरे । ‘महानगर कृषि शाखा, डिभिजन वन कार्यालयसँगको समन्वयमा माटो र हावापानी सुहाउँदो विरुवा बाँडेका हौं,’ उनले भने, ‘हामी यसको निरन्तर निगरानी पनि गर्छौं ।’
क्लबका प्रथम उपाध्यक्ष झवि अधिकारीले पाखोमा विरुवा रोपेर छोड्दा संरक्षण नहुने भएकोले किसानलाई वितरण गरेको बताए । कार्यक्रम संयोजक इन्द्रमान चौहानले व्यावसायिक कृषि मार्फत नगदेबालीलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->