बागलुङ, १४ साउन– जिल्लाको गलकोट नगरपालिका–३ हटियामा बुधबार दिउँसो मोटर साईकल दुर्घटनामा परि गम्भिर घाईते एक युवाको अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको छ । गलकोट नगरपालिका–६ का २२ बर्षिया अर्जुन नेपालीलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुधबार साँझ अस्पताल पु¥याईएको नेपालीलाई अस्पतालले मृत घोषणा गरेको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए । गल्कोट नगरपालिका–३ हटियादेखि नरेठाँटी जाने क्रममा बुधबार दिउँसो ध १ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए ।
नेपालीलाई इर्मेरजेन्सी पोलिक्लिनिक प्रा.लि हटियामा सामान्य उपचार पश्चात अवस्था गम्भिर रहेको भन्दै पोखरा रिफर गरिएपनि अवस्था नाजुक भएपछि धौलागिरी अस्पताल बागलुङ लगिएको थियो ।





