सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुईपालिका जोड्ने सडक अबरुद्ध

दुईपालिका जोड्ने सडक अबरुद्ध

काठेखोला र ताराखोलामा आवतजावत बन्द


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

बागलुङ, १५ साउन– जिल्लाको काठेखोला र ताराखोला गाउँपालिका जोड्ने सडक वर्षासँगै आएको पहिरोले ठाउँ ठाउँमा अवरुद्ध भएको छ । काठेखोला गाउँपालिका–५ बिहुँको ओडार गौस्वारहुँदै ताराखोला गाउँपालिका पुग्ने छोटो सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । सडकको विभिन्न खण्डमा पहिरो खसेको छभने स्थानीय खहरेखोलामा आएको बाढीले कयौं ठाउँमा सडक कामै नलाग्नेगरी बगाएको छ ।
सडक अवरुद्ध भएपछि काठेखोलाका तंग्राम, फापरखेत र ताराखोला गाउँपालिकाका सबै वडाका सर्वसाधारण सडक सम्पर्कबाट विच्छेद भएको वडा सदस्य भुमिश्वर कँडेलले जानकारी दिए । संघ सरकारको लगानी र स्थानीयको श्रमदानमा उक्त सडक निर्माण गरिएको थियो । खहरेखोलामा काठको पुल निर्माण गर्न काठेखोला–५ वडा कार्यालयले पहल गरिरहेको भएपनि निरन्तर वर्षाले समस्या भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->