पोखरा, १८ साउन–
रुन्छ मन बलेसी धारा
नरोउ मन बुझाउने को छ र !
छोरो मान्छे नरुन पर्ने हो …
कवि हनिफ मियाँले कुर्सीमा बस्न नपाउँदै कविता फुराई हाले । मुस्लिम धर्मावलम्वीको महान चाड ‘बकर इद’ । जुन दिन हर्षको साथ विश्व शान्तिको लागि कुनै कष्ट वेदना नआओस्, सबैमा शुद्ध विचार आओस् भनेर प्रार्थना गरिन्छ । आजको दिन कुर्बानी गर्ने दिन पनि हो रे !
बक्र इद आफ्नो मान्छेसँग भेट भएर मोइ खाने । माया बढाउने दिन पनि रहेछ । ‘दुभाग्र्य विश्वभरि कोरोना भाइरस फैलिइरहेको कारणले गर्दा चाहिँ देश मात्रै होइन विश्व नै बिचल्ली परेको छ,’ गुनासो पोख्दै हनिफले भने, ‘त्यसकारण आजको दिनमा हामीले जे गर्नुपर्ने हो । त्यो हामीले गर्न पाएनौं । यसले गर्दा पनि हामी अलिकति अध्यारोँ अध्यारोँ भएका छौं । विश्व नै धमिलो भइरहेको छ । हामी बिचल्लीमा परेका छौं ।’
पोहोर साल हनिफ यतिबेला मस्जिमा नमाज पढिरहेका हुन्थे । साथीभाई भेटेर माया साटिरहेको हुन्थे । यसपालि उनी घरभित्रै छन् । पनि घर भित्रै बस्नुपर्दा उनलाई नमज्जा लागेको छ । हनिफ लोककवि अलि मियाँका छोरा हुन् । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानको अध्यक्ष समेत रहेका हनिफ टाढाका साथीभाई भेटेर हर्ष साट्न नपाउँदा दुखी छन् ।
हनिफले बकर ईदका केही पौराणीक कथन पनि सुनाए । बक्र इदमा योग्यताअनुसार बलि दिइन्छ । बलि दिँदा शुद्धता बढी मात्रामा चाहिन्छ रे ! बलि दिएको बस्तुलाई तीन भाग बराबर लगाएर एक भाग गरिबकोमा पु¥याउनुपर्छ । एक भाग चेलिबेटी छोराछोरीलाई दिनुपर्छ । एक भाग आफू कहाँ आउने पाहुलाई खुवाउनुपर्छ । भेटघाट हुने खुसी साट्ने छ छँदैछ ।
तर, यसपालि केही सीमित व्यक्तिले मात्रै सामाजिक दूरी कायम गर्दै हात नमिलाई टाढैबाट सलाम गरेर नमाज सुरु गरे। ‘यसलाई बिर्सन नदिन सम्झना मात्रै ग¥यौं । मस्जिदमा पनि सिमित व्यक्तिले मात्रै पञ्चानमा पढिन्छ ’,उनले भने ।
आजको दिन विश्वको लागि सम्झिने दिन पनि रहेछ । आज भन्दा साढे पाँच हजार वर्षअघि एउटा ऋषिमुनिले आफ्नो छोरालाई बलि दिन लागेका रहेछन् । सपनामा भगवानले आफ्नो प्रिय चिजलाई बलि मागेकै आधारमा उनी आफ्नो छोरालाई बलि दिन तयार भएका रहेछन् ।
‘त्यही दिनलार्इं सम्झेर परलोक नबासौं जबसम्म मनुष्य रहन्छन् । तबसम्म यो सम्झना रही रहनेछ भनेर त्यो दिनको सम्झना गरिएको हो,’ उनले भने, ‘त्यो सम्झनालाई बकर ईद भनिन्छ । नमाज पढिन्छ । खासगरि यो दिनमा विश्वमा शान्ति आओस् देशमा कुनै पनि किसिमको दुख कष्ट नआओस् भनेर प्रार्थना गरिन्छ । रोएर हे भगवान हाम्रो देशमा शान्ति आओस् भनेर प्रार्थना गरिन्छ । त्यो दिनलाई कुर्बानी भनिन्छ । बकर ईद पनि भनिन्छ ।’
पोखरा १३ मा मुस्लिम धर्म मान्नेको बस्ती छ । जसलाई मियाँपाटन भनिन्छ । त्यो बस्तिले नमाज पढ्ने मस्जिद पाँच महिनादेखि बन्द छ । बाहिर गेटमा महामारि रोकथामको लागि घरमै बसेर नमाज पढ्न आग्रह गरेको व्यहोरा सहितको सूचना टागिएको छ । मस्जिदका अध्यक्ष अब्दुल रहिमले मस्जिदमा सिमित मान्छे मात्रै राखेर धूप हाल्ने काम मात्रै गरेको बताए । यसपालि साथीभाई भेटेर माया साँट्न नपाउँदा उनलाई पनि ननिको लागेको छ । ‘असह्य अवस्थामा छौं । नमाज पढ्नको लागि ऐलना गरेर बढेनौं । पहिलाको जस्तो रौनक भएन नै । अहिलेको अवस्थाले त्यो गर्न पनि मिलेन,’ उनले भने, ‘दूरी फरक गरेर अदाह मात्रै ग¥यौं । नमाज पढ्न सकिएन । प्रक्रिया पु¥याउने काम मात्रै भयो ।’ जुन उल्लास हुनु पर्ने हो । त्यो उल्लास अहिले यो बस्तीमा छाएन । यो परिस्थितिबाट छिट्टै पार लागोस् भनेर उनले प्रार्थन गरेका छन् । ‘अहिलेको कोरोना महामारि संसारबाट हराओस् भनेर प्रार्थना ग¥यौं । संसारमा सबैलाई सुख शान्ति प्राप्त होस् भनेर हामीले प्रार्थना ग¥यौं,’ उनले भने ।
वक्र इदमा खसी रागा बलि दिने परम्परा छ । पहिलेको वक्र इद र अहिले धेरै फरक अनुभव अब्दलको रह्यो । ‘पहिले चारै ठाउँका समुदाय जम्मा हुने । हात मिलाउने, नमाज पढ्ने । एकले अर्कालाई अंकमाल गर्ने कुनै गल्ति भएछ भने माफ दिनु्स् भनेर माफी माग्ने यस्तो परम्परा थियो’, उनले भने, ‘अहिलेको यो डरलाग्दो कोरोनाको रोगले २ मिटको दूरी बनाएर नमाज अदाह ग¥यौं, टाढैबाट नमस्कार सलामालिकुम भनेर हामीले सबैलाई टाढैबाट ग¥यौं । सबैले नमाज पढ्न पाएनौं । पहिला भन्दा खल्लो भयो । संसारमै खल्लो भई रहेको छ हामील मात्रै खल्लो मानेर पनि भएन । मान्नै प¥यो ।’
वकर ईदमा दिनमा पाँच पटक नमाज पढिने उनले सुनाए । मस्जिदमा गएर नमाज पढ्न नपाए पनि उनीहरुले घरमै नमाज पढेका छन् । अहिले ४ जना धुप बाल्ने मात्रै मस्जिदमा छन् । ‘मस्जिदमा पनि आउने जाने गरेका छैनौं । अहिले त लगभग पाँच महिना भर्इं सक्यो होला’, उनले भने, ‘मस्जिदमा साँचो लागेको छ ।’
अघिल्लो महिना रोजाको महिना थियो । एक महिना रोजाको ईद हो । एक महिना रोजा बसेर साङ्गे हुने दिन पनि हो । अहिलेको ईद भनेको मक्का मदिना साउदी अरेबियामा हज गर्न जाने इद हो । हजको कुर्बानी ईद हो । पछिल्लो समयमा हजको लागि केही व्यक्ति नेपालबाट जाने गरे पनि यसपालि जान पाएनन् । अहिले कोही कोही उतै काम गर्ने भने गएको उनले सुनाए ।
इन्डिया, पाकिस्तानबाट पनि हज गर्न मक्का मदिनमा हज गर्न जाने गरे पन ियसवर्ष भने रोक लगाइएको छ । ‘सबै बन्द गर्दियो । अहिलेको कोरोनाले गर्दा । शुभकामना आदान प्रदान गर्नेदेखि साथीभाईलाई खुवाएर रमाइलो गर्ने दिन हो,’ उनले भने, ‘तर, अहिले त्यसको लागि पनि असमर्थ भई रहेका छौं । अहिले त एकदमै घरमा लुकेर बसेको जस्तोभई रहेको छ । आफ्नो आफ्नो घरमा बसेर नै मनाई रहेका छौं ।’





