बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन

गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन

प्रदेश प्रहरी तथा मातहतका निकायहरुका लागि ४ थान टाटा पिकअप भ्यान र २८ थान मोटरसाइकल दिएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७७, सोमबार

पोखरा, १९ साउन – प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई विभिन्न सवारी साधन प्रदान गरेको छ । गण्डकी सरकारले प्रदेश प्रहरी तथा मातहतका निकायहरुका लागि ४ थान टाटा पिकअप भ्यान र २८ थान मोटरसाइकल दिएको हो । मोटरसाइकलमध्ये १८ वटा पल्सर, ५ वटा अपाचे र ५ वटा बुलेट ब्राण्डका रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमु्ख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई ती सवारी साधनका चाबी आईतवार हस्तान्तरण गरे ।
प्रहरीलाई भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन सवारी साधन दिइएको हो । कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल बढाउने बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधन अपरिहार्य भएको बताए । गण्डकी प्रहरी प्रमु्ख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उपलब्ध जनशक्ति तथा साधन श्रोतको उचित एवं प्रभावकारी ढँगबाट अधिकतम परिचालन गर्दै उच्च व्यावसायिक नैतिकता तथा पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->