सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुइखेतमा पानीको समस्या

सुइखेतमा पानीको समस्या

सुईखेत क्षेत्रको करिब ५० प्रतिशत बस्ती नै विस्थापिन हुन बाध्य


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

पोखरा, २३ साउन– गण्डकी प्रदेशका सभासद रामजीप्रसाद बरालले हेमजामा रहेको सुइखेत खोला नियन्त्रण गर्न पहल गर्ने बताएका छन् । स्थानियको आग्रहमा बिहीबार सुइखेत खोलाको अवलोकन गर्दै सांसद बरालले आफ्नो क्षेत्रबाट सक्दो पहल गरी सुइखेत खोला नियन्त्रण गर्न सहयोग गर्ने बताएका हुन् ।
सुइखेत खोला व्यबस्थित पार्न नसक्दा स्थानीयलाई धेरै दुःख भएको आफूले जानकारी भएको उल्लेख गरेका सभासद बरालले तत्काल सुइखेत खोलाबाट प्रभावित भएको बस्ती संरक्षण गर्न, खानेपानीको ब्यबस्था गर्न सम्बन्धित निकायमा विषेश पहल गर्ने जनाए । सांसद बरालले शेराटोल क्षेत्र जाने पुलको समेत अवलोकन गर्दै हेमजा सुइखेतको खोला नियन्त्रणको लागि दीर्घकालिन सोचका आधारमा काम गर्नु पर्ने उनको जोड थियो ।
‘सुइखेल नियन्त्रणमा जे जति कामको प्रभारम्भ भएको छ संघियताको मर्म अनुसार प्रदेश सरकार गठन भएसंगै केही काम भएको हो, विस्तारै केही काम हुन्छ, बजेटमा समेटिएकोले अब क्रमागत रुपमा समेटिदै जाने भएको छ’, उनले भने । सुइखेत फेदीखोला नियन्त्रण समितिका तिर्थराज लुइटेन, पोखरा २५ का नेकपा पार्टी अध्यक्ष माधवशरण पौडेल, स्थानीय बाबुराम पौडेल, देविप्रसाद अधिकारी, विरभद्र आचार्य लगायतले सुइखेतको खोला तत्काल नियन्त्रण गर्न एक सय थान तार जाली र ६ सय मिटर खानेपानी पाइप उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले सुइखेतको बस्ती नै जोखिममा परेकोले दीर्घकालीन रुपमा व्यबस्थापन गर्न माग समेत गरेका हुन्। शेराटोलका क्षेत्रबहादुर राना मगरले आफ्नो क्षेत्रमा पुलभन्दा अन्य क्षेत्रबाट खोला अनियन्त्रित हँुदा आफ्नो क्षेत्रको करिब ५० प्रतिशत जसो बस्ती नै विस्थापिन हुन बाध्य भएको दाबी गरे ।
उनका अनुसार शेराटोल क्षेत्रमा करिब ४५ घर परिवार रहेको थियो । सुइखेतका क्ष्ोत्रका स्थानियले सुइखेल खोला पारी करिब २ किलोमिटर टाडाबाट ल्याएको पानी प्रयोग गर्दै आए पनि बर्षाद सुरु भए देखि अन्त्य नभएसम्म धमिलो पानी र आकासको पानी पिउन बाध्य भएको स्थानीयको गुनासो छ । खोला नियन्त्रणमा प्रदेश सरकारले यस बर्ष बजेटमा सम्बोधन गरेको छ भने पोखरा महानगरपालिकाले एक करोड ५ लाख रुपैया बराबरको तटबन्दन गरेको स्थानीयले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->