बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वन दिवसमा गोडमेलसँगै संरक्षण

वन दिवसमा गोडमेलसँगै संरक्षण

‘समृद्धिका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

पोखरा, २३ साउन– विभिन्न संघसंस्थाले वृक्षारोपण गरिने दिवस मनाउने गरे पनि यहाँको एउटा संस्थाले भने गतवर्ष रोपेका विरुवा गोडमेलसंगै संरक्षण गरेर स्थापना दिवस मनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा सप्ताहव्यापीरुपमा मनाइरहेको वन दिवसका अवसरमा आज पोखरा २७ स्थित पन्थको सामुदायिक वनमा अघिल्लो बर्ष रोपिएका विरुवाको गोडमेल गरिएको हो । सामुदायिक वन महासंघ कास्की एवम् डिभिजन वन कार्यालय कास्कीको सहकार्यमा सो वनमा वृक्षारोपण गरिएको थियो । वन दिवस पारेर बिभिन्न जातका एक सय ५० विरुवा रोपिएको हो । रोपिएकामध्ये करीव ६० प्रतिशत विरुवा सुरक्षित रहेका छन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले वृक्षारोपण गर्नु आपैmमा महत्वपूर्ण भएपनि लक्ष्य प्राप्तिका लागि संरक्षणको पाटो थप सशक्त बनाइनु पर्ने आवश्यकता औंल्याए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले उन्नत जातका विरुवा रोपेर हरियाली प्रवद्र्धन गर्नेतर्पm वन समुह लाग्नु पर्नेमा जोड दिए । सप्ताहव्यापी बन दिवसको उपलक्ष्यमा पोखरा–१६, अर्मलास्थित छहरेखोला र पन्थको डांडा सामुदायिक वनमा अघिल्लो बर्ष लगाइएका विरुवाको गोलमेल र संरक्षण, पत्रकार सम्मेलन, कोरोना सचेतना, सहित वृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए ।
दिपाङ्गतालको किनारास्थित दुई दशमलव २३ हेक्टर क्षेत्रफलमा पैmलिएको सुन्दर एवम् रमणीयस्थानमा रहेको सो सामुदायिक वन समुहमा ८० घर उपभोक्ता रहेको समुहका अध्यक्ष निरलाल तभ्mयाले बताए । सोही अवसरमा गत बर्ष पोखरा १६ अर्मलास्थित छहरेखोला सामुदायिक वनमा रोपिएका तेजपात,वडहर, निमारो लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको थियो । सो स्थानमा साउन २१ गते गोडमेल गरिएको हो ।रोपिएका विरुवा मध्ये लगभग ६५ प्रतिशत विरुवा हुर्केको उक्त बनमा प्राकृतिक रुपमा उत्पादन भएको औषधि जन्य सिल्टिउरको संरक्षण गर्ने तयारी गरिएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश दिनेश श्रेष्ठले जानकारी दिए ।
‘समृद्धिका लागि सामुदायिक वन,उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ मुख्यनारा हरेको यस बर्ष वन दिवसका अवसरमा पोखरा २६ स्थित अमर ज्योति सामुदायिक वन समूह अन्तर्गतको नाङ्गो पाखोमा साउन २५ गते वृहत वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->